२७ आश्विन २०८२, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार

सामाजिक सञ्जाल बन्दप्रति कांग्रेसको चासो, सरकारसँग जवाफ माग्ने

काठमाडौं । नेपाली कांग्रेसले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ । सरकारको निर्णयका...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ललितपुर महानगरले विकास समितिका दुई भवनमा डोजर चलायो

काठमाडौं । ललितपुर महानगरपालिकाले आइतबार बुद्धिविकास मंगल तथा क्षयरोग निवारण संस्था अन्तर्गतका दुई भवनमा डोजर चलाएको छ । महानगरले ती...
बागमती मुख्‍य समाचार समाचार

सुनको मूल्य तोलामा दुई हजार रुपैँयाँले बढ्यो 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख  १० हजार ४०० रुपैयाँ कायम भएको सुन आइतबार २ लाख १२ हजारमा विक्री भइरहेको छ । यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । २ हजार ४ सय ९० रुपैयाँ मूल्यमा कारोबार भएको चाँदी आज २ हजार ५ सयले कारोबार भइरहेको  महासंघले जनाएको छ ।  
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

नीति सम्मेलनको तयारीमा चैतन्य एकेडेमी : पूर्वसचिव त्रिताललाई सम्मान गर्दै

काठमाडौं । चैतन्य एकेडेमीले विगत १३ वर्षदेखि गर्दै आएको नीति सम्मेलनको १३ औं श्रृङ्खला भदौ २७ र २८ गते धुलिखेलमा...
बागमती मुख्‍य समाचार समाचार

बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा

हेटौंडा । चेपाङ समूदायको पहिचानसँग जोडिएको छोनाम(नुवागी) पर्वको अवसरमा आज(आइतबार)बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ । बागमती प्रदेश सरकारले चेपाङ समुदायको छोनामको अवसरमा प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत बिहीबार एक सूचना जारी गर्दै आज आइतबार चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिइएको जनाएको छ । बागमती प्रदेश मन्त्रिपरिषद्ले २०८१ चैत ९ गते प्रदेशको चेपाङबहुल जिल्ला मकवानपुर, चितवन र धादिङसहित तीन जिल्लामा प्रत्येक वर्ष भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरी प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो । बागमती प्रदेश सरकारले चेपाङको छोनाम पर्वको अवसरमा विगत दुई वर्षदेखि भदौ २२ गते सार्वजनिक बिदा दिँदै आएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सह–प्रवक्ता रविता कार्कीका अनुसार बागमती प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनाअनुसार उक्त बिदा दिने निर्णय गरिएको हो । चेपाङ समूदायको बाक्लो बसोबास भएका जिल्लाहरुमा नुवागी पर्वको अवसरमा बिदा दिइएको उनको भनाइ छ । चितवन जिल्लामा १८ हजार १ सय पुरुष र १७ हजार ५ सय ३७ महिला गरी ३५ हजार ६ सय ३७ चेपाङ बसोबास गर्छन् । त्यस्तै, मकवानपुरमा ११ हजार ९ सय ७२ पुरुष र ११ हजार ६ सय ७८ महिला गरी २३ हजार ६ सय ५० छन् । धादिङमा ८ हजार ६ सय ८७ पुरुष र ८ हजार ४ सय ७३ महिला गरी १७ हजार १ सय ६० जना चेपाङ बसोबास गरेका छन् । चेपाङ बहुल रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले भदौ २१, २२ र २३ गते तीन दिन सार्वजनिक बिदा दिएको छ । नुवागी पर्वमा चेपाङ समुदायले नयाँ अन्नबाली र फलफूल पितृलाई चढाएर मात्र खाने गर्छन् । यो चेपाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसैगरी नुवागी पर्वको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको शुभकामना दिएका छन् ।  
बागमती मुख्‍य समाचार राजनीति

निजामती कर्मचारीले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल र परिणाममुखी सेवा दिनुपर्छ’

काठमाडौं । उप–प्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकले विकास र सुशासनको अपेक्षा गरिरहेको सन्दर्भमा निजामती सेवाले त्यस अुनरुप आफूलाई...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड हुन् : मन्त्री...

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले  निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड भएको बताएकी छन्...
बागमती मुख्‍य समाचार समाचार

एनआरएलको २०औं बार्षिकोत्सव : उत्कृष्ट कर्मचारी र नियमित विरामीलाई सम्मान

काठमाडौं । नेशनल रेफरेन्स ल्यावोरेटोरी (एनआरएल)ले २०औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवका अवसरमा शनिवार एक विशेष समारोहको आयोजना गरी उत्कृष्ट...
अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कुरियर सेवालाई व्यवस्थित गर्न सरकारले नीतिगत रुपमा काम गर्छ :...

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कुरियर सेवा सञ्चालनमा देखिएका समस्या समाधान गर्न सरकारले नीतिगत रुपमा काम...
बागमती मुख्‍य समाचार समाचार

आजको मौसमःयी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा...
बागमती मुख्‍य समाचार समाचार

भोली देखि सोह्र श्राद्ध सुरु हुँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष भोलीदेखि विधिवत् आरम्भ गरिँदैछ। यसअघि वार्षिक...