बागमती
मुख्य समाचार
राजनीति
विशेष समाचार
समाचार
काठमाडौं । जेनजी पुस्ताको आन्दोलन उग्र बनेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका मुख्य–मुख्य क्षेत्रमा कफ्र्यु लागेको छ । तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै विभिन्न क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको हो । काठमाडौंप्रशासन कार्यालयले काठमाडौं महानगरपालिका चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम साढे ८ बजे देखि अनिश्चिकालीन कफ्र्यु आदेश जारी गरेका हुन् । काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र काठमाडौं महानगरपालिकाको वालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू–भाग तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक,...