२९ आश्विन २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति

पितृसतात्मक संरचनाका कारण महिलाहरु शक्तिशाली नेतृत्वमा गएको समाजलाई पाच्य छैनः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले पितृसतात्मक संरचना भएको कारण महिलाहरु शक्तिशाली नेतृत्वमा गएको अझै पनि समाजलाई पाच्य नभएको बताएकी छिन् । बुधबार काठमाडौंमा आयोजित विगत वर्तमान र भविष्यमा नेपाल महिला संघको भूमिका नामक एकदिवसीय विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले महिलाहरु निडर भएर योद्धाको रुपमा आफूलाई स्थापित गरेर अगाडि बढ्नुपर्नेमा जोड दिईन् । उनले भनिन्,‘यो पितृसतात्मक संरचना भएको कारण महिलाहरु शक्तिशाली नेतृत्वमा गएको अझै पनि हाम्रो समाजलाई पाच्य छैन् । तर हामी डाराउन चाँही हुँदैन् । मलाई लाग्छ हामी एउटा योद्धाको रुपमा पनि आफूलाई स्थापित गरेर अगाडि बढ्नुपर्छ । यसमा सम्पूर्ण महिला संघको साथिहरुले साथ दिनुहुन्छ भन्ने आशा छ ।’ त्यस्तै मन्त्री राणाले पितृसतात्मक समाजकै कारण महिलाहरु जति अगाडि बढ्यो त्यति पछाडि धकेलिने समस्या पनि रहेको सुनाईन् । उनले अहिले आफू मन्त्रीको रुपमा उभिदैगर्दा यसठाउँसम्म आइपुग्न आफूले विगतमा महिला भएकै कारण गर्नुपरेका संघर्षको स्मरण समेत गरिन् । ‘हामी पितृसतात्मक समाजमा अझै पनि छौं । त्यसैले हाम्रो सामुहिक समस्याहरु पनि धेरै छन् । हामीले जानुपर्ने बाटो त्यति सजिलो छैन् । हामी अगाडि बढ्छौं ,तर फेरी हामीलाई पछाडि धकेलिन्छ । यस्तो समयमा एकजुट भएर अगाडि बढेनौं भने धेरै गाह्रो हुन्छ । आज म पनि तपाईहरुसामु मन्त्री भएर उभिएको छु तर यहाँसम्म आइपुग्दा मेरो पनि धेरै संघर्ष छ,’उनले भनिन् । महिलाहरुको विषयलाई सम्बोधन गर्ने पार्टी कांग्रेस बाहेक अरु कुनै नभएको उनको दाबी छ । नयाँपार्टीले मन्त्री पदपनि चिठ्ठामा पाएको टिप्पणी गर्दै मन्त्री राणाले उनीहरुले संघर्ष बुझ्न नसक्ने धारणा राखिन् । महिलाहरुलाई अगाडि बढ्ने कुरामा आफु र आफ्नो पार्टिले समेत सहयोग गरिरहेको र आगामी दिनमा पनि गरिरहने उनले बताईन् ।  
बागमती मुख्‍य समाचार राजनीति

राप्रपा सांसदको अभिव्यक्तिप्रति एमाले सांसद थापाको आपत्ति

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीको अभिव्यक्तिप्रति नियमापत्ति जनाएका...
बागमती मुख्‍य समाचार राजनीति

दुई दलिय व्यवस्थाको मिसन अन्ततः एकदलिय प्रवृत्तिमा परिणत हुने खतरा...

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्ति बस्नेतले सत्तारुढ दुई प्रमुख दलहरू दुई दलिय व्यवस्थाको मिसनमा लागिपरेको भन्दै त्यसको...
बागमती मुख्‍य समाचार राजनीति

व्यवसाय र मानव अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री...

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले व्यवसाय र मानव अधिकारलाई सँगै अघि बढाउनु आजको आवश्यकता भएको बताएका छन्...
बागमती मुख्‍य समाचार राजनीति

प्लास्टिकको झोला ब्याण्ड गर्र्ने तयारीमा ललितपुर महानगरपालिका 

काठमाडौं । ललितपुर महानगरपालिकामा जुटबाट बनेका सामग्रीहरुको प्रवद्धन गर्ने हिसाबले कोशा पसलको उद्घाटन भएको छ । बुधबार उक्त पसलको उद्घाटन ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले गरेका हुन् ।  सोही क्रममा उनले ललितपुर महानगरपालिकामा प्लास्टिकको झोला ब्याण्ड गर्न लागेको जानकारी गराउदैँ त्यसको सट्टामा कपडाको झोला वितरण गर्ने बताए । उनले ललितपुर महानगरपालिकाभित्र ७७ हजार घर भएको भन्दै प्रत्येक घरमा एउटा झोला वितरण गर्ने पनि बताए । ‘ललितपुर महानगरपालिकामा हामीले प्लास्टिकको झोला ब्याण्ड गर्दै छौँ, त्यसको लागि हामीले टेण्डर निकालेर लोकल्ली मेटेरियल प्रयोग गरेर कपडाको झोला बनाइ सकेका  छौँ । महानगरपालिकाभित्र ७७ हजार घरहरु छन् त्यो प्रत्येक घरलाई हामी एउटा एउटा झोला वितरण गर्न लागेका छौँ ।’ उनले भने । उनले तिसको दसकमा नेपालबाट निर्यात हुनेमा जुट इन्डस्ट्री निकै राम्रो रहेको भन्दै जुटबाट बनेका सामग्रीलाई प्रवद्र्धन गर्न कोशा गु्रपसँग सहकार्य गर्ने तयार गरेको बताए । उनले भने, ‘तिसको दसकमा नेपालबाट निर्यात हुनेमा जुट इन्डस्ट्री निकै राम्रो भएको थियो । जुट अहिले नयाँ नयाँ आयाम थप्न सफल भएको छ । यो कार्यलाई अगाडी बढाउनका लागि ललितपुर महानगरपालिका एउटा हस्तकला नगरी हो । यसको निमित्त हामी उहाँहरुसँग कुन क्षेत्रमा कसरी काम गर्न सकिन्छ हामी तयार छौँ ।  उहाँहरुसँग काम गर्नको निमित्त हामी तयार छौँ ।’ उनले भने  । त्यस्तै आर .के गोल्छा गु्रपका प्रबन्धक निर्देशक राजकुमार गुल्छाले आफ्नो हजुरबुबाले नेपालमा आएर पहिलो विजनेश नै जुटको गरेको हुनाले आफुले पनि यसैलाई प्रथामिकता दिएको बताएका छन् । उनले एउटै छानामुनि ५ सयभन्दा धेरै कामदारले काम गरिरहेको समेत बताए । उनले भने ‘मेरो हजुरबुबाले नेपालमा आएर गरेको पहिलो विजनेश नै जुट हो । अहिले हामीले विभिन्न ह्याण्डिक्रप्ट हरुका सामान देखि अन्या सामग्री बनाई रहेका छौँ । एउटै छानामुनि आज ५ सयभन्दा धेरै काम गर्ने गरेका छन् । यसमा विराटनगर देखि नै काम भइरहेको छ ।’  
बागमती मुख्‍य समाचार राजनीति

सांसद सिंहको प्रश्न : ‘सरकारकै संरक्षणमा अपराध बढेको हो कि...

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले देशमा कानुन व्यवस्था बिग्रिँदै र सरकारको भूमिका प्रश्नवाचक भएको भन्दै कडा आलोचना गरेका...
बागमती मुख्‍य समाचार राजनीति

खाली कागजमा सही गर्ने सांसादरु धिक्कार होस् :सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले उपसभामुखलाई अविश्वासको महाअभियोग लगाउन एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई खाली कागजमा...
बागमती मुख्‍य समाचार राजनीति

संसद्को प्रश्नोत्तरमा प्रधानमन्त्री ओली सहभागी नहुने

काठमाडौं । बुधबारको प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओली सदनमा अनुपस्थित हुने भएका छन् । आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रममा...
बागमती मुख्‍य समाचार राजनीति

निजी क्षेत्रलाई प्रोत्साहन गर्न गम्भिर भएर लागेका छौं : मन्त्री...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कुरामा गम्भिर भएर लागेको बताएका छन्...
बागमती मुख्‍य समाचार

अवैध जग्गा प्लटिङ्गविरुद्ध शान्ति संगम एकता समाजको विरोध

काठमाडौं । अवैध जग्गा प्लटिङ्गलाई मापदण्ड कायम गरी प्लटिङ्ग गर्न माग गर्दै शान्ति संगम एकता समाजले विरोध प्रदर्शन गरेको छ...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता ः मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता भएको बताएका छन् । बुधबार नेपाल हाइड्रोजियोलोजिकल एसोसियसनले आयोजना गरेको प्रथम नेपाल जलभूगर्भ सम्मेलन २०२५ को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले कृषिमा भूमिगत सिँचाइको दिगो प्रयोगको लागि अध्ययन तथा अनुसन्धान जस्ता कार्यहरु वैज्ञानिक तथ्यहरुमा आधारित भइ अगाडि बढाउनु पर्ने आवश्यकता रहेको बताए  । उनले भने ‘राष्ट्रको समृद्धिका लागि भूमिगत जलको उपयोग, दिगो व्यवस्थापन, भूमिगत जलको प्रदूषणबाट सिर्जित प्रकोप न्यूनिकरण, वातावरण विनाश, जलवायु परिवर्तन तथा यसका असरहरू न्यूनीकरणका विषयमा केन्द्रित रही महत्वपूर्ण छलफल र योजना आवश्यक छ’ । नागरिकको पहिलो आवश्यकता खानेपानीको सहज आपूर्ति तथा देशको आर्थिक समृद्धिको मुल आधार मानिने भएकाले सोही अनुसार कामहरु अगाडी बढाउन आवश्यक रहेको मन्त्री यादवको भनाई छ । उनले जलस्रोतको उपयोग, व्यवस्थापन, र संरक्षणका सन्दर्भमा वैज्ञानिक दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए । जलवायु परिवर्तनका गहिरिँदै गएका प्रभावहरू र अनियन्त्रित जनसङ्ख्या वृद्धिका कारण सतहमा रहेका जलस्रोतहरूमा अत्यधिक चाप परेकाले यसको प्रत्यक्ष असर भूमिगत जल स्रोतको तीव्र दोहनका रूपमा देखिएकाले यसको  दीर्घकालीन रूपमा गम्भीर समस्या बन्न सक्ने मन्त्री यादवले बताएका छन्  । उनले  नेपालमा विशेषगरी तराईका लाखौँ नागरिकको जीवनमा भूमिगत जलको प्रत्यक्ष प्रभाव रहेको बताउँदै यसको महत्व अझै पनि व्यापक रूपमा बुझ्न नसकिएको भन्दै दुःख समेत व्यक्त गरे  । ‘हामी प्रायः हिमालबाट बग्ने नदीनाला, तालतलैया र झरनाहरूको चर्चा गर्छौं तर हाम्रो समृद्धिको एउटा ठूलो हिस्सा जमिनमुनि लुकेको भूमिगत जल हो,’ मन्त्री यादवले भने ‘यो अदृश्य तर अमूल्य स्रोत हो, जुन कृषि, उद्योग र दैनिक जीवनका लागि अनिवार्य बनिसकेको छ ।’ मन्त्री यादवले यस सम्मेलनबाट प्राप्त हुने सुझाव तथा निष्कर्षहरू संघीय र प्रदेश सरकारलाई उपलब्ध गराई, विशेषगरी खानेपानीको अभावले सङ्कटमा परेका क्षेत्रहरूको दीर्घकालीन समस्या समाधानमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।  ...
बागमती मुख्‍य समाचार

लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको छ

कीर्तिपुर काठमाडौँ, ४ भदौ ः पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन सरकार लागि...