३ फाल्गुन २०८२, आईतवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

सामाजिक संजालको भ्रममा नपर्नुहोला, राजीनामा व्यवहारिक छैन् : मन्त्री खड्का

सिन्धुली । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले विभिन्न स्तरबाट फैलाइँदै आएका अफवाह र कुप्रचारप्रति चिन्ता व्यक्त गर्दै ती भ्रममा...
पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज

पर्यटक बस सञ्चालनमा

काठमाडौँ, १९ जेठ । यातायात व्यवसायी तथा मजदुरको आन्दोलनका कारण सार्वजनिक यातायात बन्द रहे पनि पर्यटकीय बस भने सञ्चालनमा आएका छन् ।     गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर ‘राइड सेयरिङ’का नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै यातायात व्यवसायीले आजदेखि सार्वजनिक बस सञ्चालनमा रोक लगाएका हुन् । तर  पर्यटकीय बस भने सञ्चालनमा आएका छन् ।     ‘टुरिष्ट बस एशोसिएशन अफ नेपाल टिवान का अध्यक्ष भीष्म न्यौपानेले काठमाडौँदेखि पोखरा, लुम्बिनी, चितवनतर्फ जाने पर्यटक बस सञ्चालन भइरहेको जानकारी दिए।     “विभिन्न आन्दोलन, बन्द र हड्तालको समयमा समेत स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिइरहेको पर्यटक बसले अहिले पनि निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ,” उनले भने । आफूहरुले निरन्तर रुपमा स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा  प्रदान गर्ने उनको भनाइ थियो ।     नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष बेदराज बाँस्तोलाले बन्द हड्ताल गरेर समस्याको समाधान नहुने भन्दै वार्ता र छलफलबाटै नित्कर्षमा पुग्नुपर्ने बताए । उनले पर्यटक सवारी साधन सञ्चालनका क्रममा भएको अवरोधप्रति दुःख व्यक्त गर्दै बन्द तथा हड्तालमा पनि पर्यटकीय सवारी साधनलाई निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकार लाग्नुपर्ने बताए ।...
गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित

दमौली तनहुँ, १९ जेठ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी चलचित्र टासीको छायाङ्कन सुरु भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सदन जसरी पनि चल्छ, गृहमन्त्रीको राजीनामा अनुचित : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा स्थानीय सरकार एक हुनुपर्छ’

चितवन, १९ जेठ । जलवायु परिवर्तन, विपद् व्यवस्थापन तथा वातावरणका सम्बन्धमा स्थानीय सरकार एक भएर लाग्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।     जिल्ला समन्वय समितिले आज यहाँ आयोजना गरेको स्थानीय स्तरमा जलवायु परिवर्तन विपद् व्यवस्थापन तथा वातावरणसम्बन्धी कार्यशाला गोष्ठीमा सहभागीले विपद् र जलवायु परिवर्तनका विषयमा स्थानीय सरकारले सहकार्य गरेर काम गर्न सके प्रभावकारी हुने बताएका हुन् ।     भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनमा हरेक किसिमका विपद् आइपर्ने भन्दै यसलाई सामना गर्नका लागि सबै स्थानीय तहहरुले सहकार्यसहित काम गर्न आवश्यक रहेको बताए । जलवायु परिवर्तनले मानव जीवनमा जोखिम निम्त्याउन थालेको जनाउँदै उनले यसको प्रभाव घटाउन स्थानीय सरकारहरुले काम गरिरहेको बताए ।     उनले भने, “जोखिम व्यवस्थापनको काम भइरहेको छ, यसलाई अझै प्रभावकारी रुपमा गर्नु आवश्यक छ ।” जलवायु परिवर्तन दिन प्रतिदिन बढ्दै गइरहेको उनको भनाइ छ ।     जिल्ला समन्वय...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी वृद्धि गर्दै सबै जातिको अधिकार स्थापना गरी राष्ट्रिय एकताका माध्यमबाट...
अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

समग्र अर्थतन्त्र चलायमान बनाउन गृहकार्य गर्दै छौं : गर्भनर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले समग्र अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले गृहकार्य गरिरहेको बताएका छन् ।  ...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौँ, १९ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छन् । चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा...
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

एम्बुलेन्स र स्कुल भ्यान ठोक्किदा एकको मृत्यु, पाँच घाइते

नवलपुर नवलपरासी १९ जेठ । नवलपरासी बर्दघाट–सुस्तापूर्वको देवचुलीमा बिहान एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।  सोही दुर्घटनामा परी दुई विद्यार्थीसहित पाँचजना घाइते भएका प्रहरीले जनाएको छ ।     नारायणगढतर्फ बिरामी बोकेर जाँदै गरेको ना४च ४६१६ नम्बरको एम्बुलेन्स र विपरीत दिशामा जाँदै गरेको बा२०च ७२ नम्बरको स्कुल भ्यान देवचुली–२ स्थित दुम्कोली चोकमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।     जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा परी दिव्य एकेडेमी बोर्डिङ स्कुल केउरेनीका भ्यान चालक देवचुली–१ का ५२ वर्षीय कुलप्रसाद सुवेदीको उपचारका क्रममा मृत्यु भएको हो ।     टाउको र दुवै खुट्टामा चोट लागेका सुवेदीको चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान ९ः२० बजे मृत्यु भएको नेपालले बताए ।     त्यस्तै दुवै सवारीसाधन ठक्कर खाँदा भएका घाइते र एम्बुलेन्सका बिरामीलाई चितवनको भरतपुरस्थित मनकामना अस्पताल पठाइएको नेपालको भनाइ छ ।  
अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

अमेरिकाले जेनेभामा भएको सहमति पालना नगरेको चीनको आरोप

एजेन्सी । संयुक्त राज्य अमेरिकाले जेनेभामा भएको चीन–अमेरिका आर्थिक तथा व्यापार वार्तामा भएको सहमतिलाई गम्भीर रूपमा कमजोर बनाएको चीनको वाणिज्य...
अर्थ मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

महाकालीको माछा बेचेर जीविका चलाउँदै

कञ्चनपुर, १९ जेठ :  भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान  झिसमिसेमै महाकाली नदी धाउछिन् । महाकालीबाट माछा मारेर बिक्री गरी उहाँको परिवारको जीविका चलेको छ । डेढ दशकदेखि राईले महाकाली नदीमा माछा मार्दै आएकी छन् ।     माछा मार्न जाँदा राईले खाना पनि साथमै बोकेर जाने गरेको बताइन् । उनले दैनिक पाँच किलोदेखि १० किलोसम्म माछा मार्छिन् । त्यही माछा झलारी, महेन्द्रनगर, दैजीलगायतका स्थानीय बजारमा लगेर उनले बिक्री गर्छिन् ।     “ताजा माछाको माग बढी हुन्छ,” राईले भनिन्, “ग्राहकलाई पु¥याउनै सक्दैनौँ ।” सानो माछा प्रतिकिलो रु २५० र ठूलो माछा रु ३०० मा बिक्री हुन्छ । उनको माछा मार्ने तरिका भने भिन्दै छ । खाना खाने थालीमा कपडा बेरेर बीचमा प्वाल पारी त्यसमा अतिकति पीठो राख्नु हुन्छ । माछा पीठो खानका लागि भित्र छिरेपछि समातेर भाँडामा राख्छिन् । नदीमा ढुङ्गा हुने भएकाले जाल थाप्न अप्ठेरो हुने गरेको उनको भनाइ छ ।     माछा बिक्री गरेर महिनामा रु ३० हजारदेखि रु ३५ हजारसम्म कमाई हुने गरेको राईले  बताइन् । उनीसँग घर छ तर खेतीपाती गर्न जग्गा छैन । अन्न, नुन,...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

कानुन व्यवसायीलाई थप तालिम र पाठ्यक्रम आवश्यक : मन्त्री चौरसिया

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल...