४ फाल्गुन २०८२, सोमबार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता लगभग अन्तिम चरणमा पुगेको संकेत दिएका छन् । मंगलवार भारतका लागि...
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार समाज

मलेसियाली तटमा आप्रवासी चढेको डुङ्गा दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । म्यानमारबाट भागेका रोहिंग्या आप्रवासी बोकेको डुंगा थाइल्यान्ड–मलेसिया समुद्री सिमानानजिकै डुब्दा कम्तीमा सातजनाको मृत्यु भएको छ । ३०० जना...
अन्तर्राष्ट्रिय समाचार

बिहार राज्यमा चुनाव : नेपाल–भारत सीमा नाका बन्द हुने

रौतहट । भारतको बिहार राज्यमा हुने दोश्रो चरणको विधानसभा निर्वाचनका लागी रौतहटको नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ ।...
अन्तर्राष्ट्रिय समाचार

मधुमेह, मोटोपना र दिर्घरोग लागेकालाई अमेरीकाले भिसा नदिने

काठमाडौं । अमेरिकाले अब देखि मधुमेह, मोटोपनाजस्ता स्वास्थ्य समस्या भएका विदेशी नागरिकलाई भिसा अस्वीकार गर्न सकिने व्यवस्था लागू गरेको छ...
अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

अमेरिकी राजनीतिमा विनिताले रचिन इतिहास

पेन्सिल्भेनिया(अमेरिका) । अमेरिकामा हालै सम्पन्न स्थानीय निर्वाचनमा विनिता पुरी राई स्वातारा टाउनसिपकी आयुक्त पदमा विजयी भएकी छन । तेक्वान्दो प्रशिक्षक...
अन्तर्राष्ट्रिय बागमती सूचना प्रविधि

चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली

काठमाडौं । चीनले विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली विकास गरेको छ । आफ्नो १४ औँ पञ्चवर्षीय योजना (२०२१–२०२५) अवधिमा चीनले उक्त प्रणाली विकास गरेको हो । १५ औँ पञ्चवर्षीय योजनाको तयारीसँगै चीनले पछिल्ला पाँच वर्षमा स्वच्छ ऊर्जा क्षेत्रमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेको हो । चीनले यसअघि सन् २०३० भित्र आफ्नो मुलुकलाई कार्बन उत्सर्जनको सर्वोच्च बिन्दुमा पु¥याउने र २०६० भित्र कार्बन निष्पक्षता (कार्बन न्युट्रालिटी) प्राप्त गर्ने लक्ष्य घोषणा गरेको थियो । त्यसपछि चीनले उक्त लक्ष्यलाई साकार पार्न अनेकौं महत्वाकांक्षी परियोजनाहरू अघि बढाएको छ । खासगरी याङ्त्से नदीको मुख्य धारमा छ वटा ठूला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिएको छ । त्यसैगरी, चीनको विशाल दक्षिण–पश्चिम तथा पश्चिमी भूभागमा सातवटा ठूलो स्तरका स्वच्छ ऊर्जा परियोजना सञ्चालनमा ल्याइएका छन् । यी स्थानमा उत्पादित ऊर्जा जनसङ्ख्या घना रहेका पूर्वी तटीय क्षेत्रसम्म पु¥याउन अल्ट्रा–हाई भोल्टेज प्रसारण लाइन निर्माण गरिएको छ । ऊर्जा भण्डारणका लागि चीनले गुरुत्वाकर्षण आधारित ऊर्जा भण्डारण तथा वायु ऊर्जा भण्डारण जस्ता अत्याधुनिक प्रविधिको उपयोग गरेको छ, जसले नवीकरणीय ऊर्जाको प्रभावकारी उपयोगमा मद्दत गरेको छ । आगामी १५ औँ पञ्च वर्षीय योजना अवधिमा पनि चीनले आर्थिक आधुनिकीकरण र वातावरणीय संरक्षणलाई सन्तुलनमा राख्दै नवीकरणीय ऊर्जा विकासलाई अझ तीव्र गतिमा अघि बढाउने संकेत गरेको छ । सीसीटीभी  
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार

विधानसभा चुनावका लागि बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा आजदेखि विधानसभा चुनावको पहिलो चरण अन्तर्गत मतदान सुरु भएको छ । कुल २४३ सिटमध्ये पहिलो...
अनौठो संसार अन्तर्राष्ट्रिय समाचार सूचना प्रविधि

चीनमा एयर शो: एरोबेटिक टोलीहरूले देखाए अद्भुत कला

एजेन्सी । पूर्वी चीनको जियाङ्सी प्रान्तको राजधानी नान्चाङमा आइतबार नानचाङ एयर शो तथा एभिएसन इन्डस्ट्री एक्स्पोको आयोजना गरिएको छ ।...
अन्तर्राष्ट्रिय समाचार

युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना छैन : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना नरहेको बताएका छन् । फ्लोरिडाको पाम बीचबाट वाशिङ्टन...
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

चीनमा चाँदीको उछालले लगानी बढायो

बेइजिङ । चीनमा चाँदीको मूल्य उच्चदरमा वृद्धि भएपछि लगानीकर्ताहरूको चाँदीतर्फ आकर्षण तीव्र बनेको छ । यसले चाँदीलाई प्रमुख लगानीयोग्य धातुका...
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

चिनियाँ कम्पनीले उत्पादन गर्यो विश्वकै सबैभन्दा ठूलो ल्याब–निर्मित हीरा

काठमाडौं । चीनको एक कम्पनीले विश्वकै सबैभन्दा ठूलो ल्याब–निर्मित कच्चा हीरा उत्पादन गरेको छ । यो हीरा आन्तरिक रत्न विज्ञान...
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

रुस–युक्रेन युद्ध : ठूलो सफलता हात पारेको रुसको दाबी

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध जारी छ । बिहीबार रुसले पोक्रोभस्कमा युक्रेनी सेनाको आक्रमणलाई विफल पारेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार एक दिनमा, रुसी सेनाले दुई बस्तीहरू नियन्त्रणमा लिएको छ । साथै युक्रेनी लामो दूरीको ड्रोन एसेम्बली र भण्डारण स्थलहरू, रेलवे पूर्वाधार, गोलाबारुद डिपोहरू र अस्थायी तैनाती बिन्दुहरूमा प्रहार गरेको मन्त्रालयले जनाएको छ । उनीहरूले डोनेट्स्कको पोक्रोभस्कमा घेरिएका युक्रेनी सेनामाथि पनि प्रहार गरेको दाबी गरेका छन् । रूसी वायु रक्षा प्रणालीले आठ सटीक हवाई बमहरू, तीन अमेरिकीमा निर्मित रकेटहरू र ड्रोनहरू खसालेको जनाएको छ । सोही दिन, युक्रेनी सशस्त्र सेनाका कमाण्डर इनचीफ ओलेक्जान्डर सिस्र्कीले पोकरोभ्स्क क्षेत्रमा रक्षा स्थितिको निरीक्षण गरेका थिए । उनले पोकरोभ्स्क र कुपियान्स्कमा युक्रेनी सेनाहरूले घेरेर अवरुद्ध गरिएको भन्ने रूसी...