१८ चैत्र २०८२, बुधबार
अर्थ बागमती मुख्‍य समाचार

शेयर बजारमा गिरावटः एकैदिनमा ६३.७३ अंकले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक ६३.७३ अंकले घटेसँगै शेयर बजारमा ठुलो गिरावट आएको छ । आज नेप्से परिसुचक २.१८ प्रतिशतले घट्दै २८५८.९० बिन्दुमा झरेर रोकिएको छ । यसअघि तीन हजार बिन्दु नाघेको नेप्से पछिल्ला केहि दिनयता निरन्तर ओरालो यात्रामा छ । यस दिन कुल ३१९ स्टकको १३ अर्ब ७ करोड ५० लाख ४ हजार ९२० रुपैयाँ बराबरको ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार बिहीबार कुल १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९९४ रुपैयाँको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता शेयर कारोबार भएको थियो । आज सेन्सेटिभ इन्डेक्स १०.३७ अंकले घटेको छ । फ्लोट इण्डेक्स ४.२२ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ३.५२ अंकले घटेको छ । यसदिन ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै १०४.३० रुपैयाँले बढेर ११४८.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी शिवश्री हाइड्रोपावरको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लाग्दै प्रतिकित्ता १९.२७ रुपैयाँले बढेर २१२.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, थ्रि स्टार हाइड्रोको शेयर मूल्य प्रतिकित्ता ३९.८४ रुपैयाँले बढेर ९१५.८७ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने नारायणी विकास बैंकको शेयर मूल्यपनि प्रतिकित्ता ६४.१० रुपैयाँले बढेर १७२२.८६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।     यसदिन सान्भि इनर्जी र समता घरेलु लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेर १०÷१० प्रतिशतले घटेको छ । सान्भी इनर्जीको शेयर मूल्य ८९.१० रुपैयाँले घटेर ८०२.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, समता लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ११८.६५ रुपैयाँले घटेर १०७२.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन हिमालयन डिस्टिलरी लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेन्स, सिवम् सिमेन्ट र नाग्दी ग्रुप पावर लिमिटेडको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।  
अर्थ बागमती मुख्‍य समाचार समाचार

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको...
अर्थ बागमती मुख्‍य समाचार

नेप्से निरन्तर घट्दो आजपनि ३१.५० अंकले घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसुचक ३१.५० अंकले घटेको छ । यससँगै कारोबार रकममा समेत गिरावट आएको...
अर्थ बागमती मुख्‍य समाचार

जोशी हाईड्रोपावरको हकप्रद शेयर आजदेखि निष्कासनमा

काठमाडौं । जोशी हाईड्रोपावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्कासन गरेको छ । गत असार ८ गते कम्पनीले हकप्रद शेयर निष्कासन...
अर्थ बागमती मुख्‍य समाचार समाचार

बिहीबारका लागि  विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि...
अर्थ बागमती मुख्‍य समाचार

दरमखोला हाईड्रोको आईपीओ आजदेखि निष्कासनमा

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि २९ लाख १९ हजार ५ सय कित्ता आईपीओ जारी गरेको...
अर्थ बागमती मुख्‍य समाचार समाचार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ, १४ साउनः नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ९३...
अर्थ मुख्‍य समाचार विशेष समाचार

४७.९३ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसुचक ४७.९३ अंकले घटेको छ । यससँगै कारोबार रकममा समेत गिरावट आएको...
अर्थ बागमती मुख्‍य समाचार

आन्तरिक ऋण शतप्रतिशत उठ्दा बाह्य ऋण ५७ प्रतिशतमा खुम्चियो

काठमाडौँ, १४ साउनः गत आर्थिक वर्ष २०८१र ८२ मा सरकारले आन्तरिक ऋण शतप्रतिशत उठाउँदा बाह्य ऋण भने ५७ प्रतिशत हाराहारी...
अर्थ बागमती मुख्‍य समाचार समाचार

झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा

काठमाडौं । झापा इनर्जी लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्कासन...
अर्थ बागमती मुख्‍य समाचार

यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी...
अर्थ बागमती मुख्‍य समाचार समाचार

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

काठमाडौँ, १३ साउनः कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले चालु आर्थिक वर्षमा १२१ वटा नयाँ कानुन बनाउने लक्ष्य रहेको...