१२ चैत्र २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र 

रामेछाप । रामेछाप नगरपालिकाको गौरवको योजनाको रूपमा रहेको सुकाजोरको बहुउद्देश्यीय कवर्डहल निर्माणको योजना आर्थिक अभावको कारण अलपत्र परेको छ । रामेछाप नगरपालिका–७ सुकाजोरमा निर्माण सुरु गरिएको कवर्डहलसहितको खेल मैदान निर्माण आयोजना वर्षौँदेखि अलपत्र अवस्थामा रहेको छ । राष्ट्रिय योजना आयोग र रामेछाप नगरपालिकाको साझेदारीमा निर्माण सुरु भएको सो आयोजनामा पाँच करोड रुपैँया भन्दा बढी रकम खर्च भएको छ । तर योजनाको निर्माण कार्य सम्पन्न नहुँदा प्रयोगमा आउन सकेको छैन । सो कवर्डहल र खेल मैदान निर्माणको लागि सुरुमा पाँच करोड रुपैँया बजेट खर्च भएको थियो । जसबाट इनडोर गेम खेल्न मिल्ने बहुउद्देश्यीय कवर्डहल बनेको छ । त्यसबाट खेल मैदान लगाएका केही संरचनाको काम पनि भएको थियो । रामेछाप नगरपालिकाले खेल मैदानको लागि गत वर्ष २५ लाख रुपैँया विनियोजन गरेको थियो । खेल मैदानको लागि धेरै जमिन खार्नु पर्ने तथा टेवा पर्खालहरू लगाउनु पर्ने भएको कारण विनियोजित बजेटबाट काम पूरा हुन सकेन । अहिले कवर्डहल र खेल मैदानको माथिल्लो भागमा जमिन बग्नबाट जोगाउन टेवा पर्खाल लगाउनुपर्ने छ भने तल्लो भागमा पनि पर्खाल लगाएर उकास्नु पर्ने अवस्था छ । खेल मैदान बनाउन खनिएको माटोको डङ्गुर थुप्रिएर बसेको छ । त्यो हटाउन पनि लाखौँ रुपैँया खर्च हुने अवस्था छ । त्यसको लागि यस वर्ष वडा कार्यालयले जम्मा १० लाख रुपैँया विनियोजन गरेको छ । त्यो रकमबाट एक छेउ पनि काम हुन सक्ने अवस्था नहरेको रामेछाप नगरपालिकाका स्थानीय समेत रहेको पत्रकार बद्री नयाँघरे बताउँछन् । ‘नगरको गौरवको आयोजनाको अवस्था यस्तो हुनु नगरवासीकै लागि दुःखको कुरा हो, यसमा सबैको ध्यान जान आवश्यक छ’, उनले भने ।  
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

नेतृत्वको योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी निषेध गरौँ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदन किरातीले पार्टी केन्द्रीय समितीको निर्णय कार्यान्वयनका लागि सर्तहरु दृढता पूर्वक...
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार

गाजामा इजरायली हवाइ राहत

काठमाडौं । इजरायली सेनाले गाजा क्षेत्रमा हवाइमार्फत् राहत सामग्री खसालेको छ । आइतबार बिहान वक्तव्य जारी गर्दै इजरायल रक्षा बलले...
बागमती मुख्‍य समाचार समाचार

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

काठमाडौंँ ९ साउनः गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेबीच आज कञ्चनपुरको मझगाउँ विमानस्थल पुनःनिर्माण एवं...
बागमती मुख्‍य समाचार

‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’ स्वीकृत

काठमाडौँ, ९ साउनः ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ...
बागमती मुख्‍य समाचार राजनीति

पर्वतीय पर्यटनको दिगो विकासका लागि एनएमएमा गुरुङको उम्मेदवारी

काठमाडौँ, ९ साउनः नेपाल पर्वतारोहण सङ्घ एनएमएको अध्यक्षमा वरिष्ठ पर्यटन व्यवसायी कुलबहादुर गुरुङले उम्मेदवारी घोषणा गरेका छन । पर्वतीय पर्यटनको...
बागमती मुख्‍य समाचार समाचार

एमाले निर्माणमा सक्रिय हुन विद्यादेवी भण्डारीको आह्वान

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले पार्टी निर्माणमा सक्रिय हुन सम्पूर्ण कार्यकर्ताहरुलाई आह्वान गरेकी छिन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको...
बागमती मुख्‍य समाचार

शून्य समयः ‘सुक्खाग्रस्त घोषणा होइन, राहत देउ’

काठमाडौँ, ९ साउनः सङ्घीय संसद् प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले हालै मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेको विषयप्रति आफ्नो ध्यानाकर्षण...
बागमती मुख्‍य समाचार राजनीति

पार्टीले गरेका कतिपय निर्णय अपरिपक्व छन् ः विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन गरेर पार्टीमा गरिएका अपरिपक्व निर्णयले दुःखी तुल्याएको बताएकी छन् ।...
बागमती मुख्‍य समाचार राजनीति

संविधानले मलाई सक्रिय राजनीतिमा आउन रोकेको छैन् : भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन् । शुक्रबार काठमाडौंमा...
बागमती मुख्‍य समाचार समाचार

सौर्य एरलाइन्सलाई खारेज र विमान चालकलाई हदैसम्मको कारबाही हुनुपर्ने

काठमाडौं,  राज्य व्यवस्था तथा सुशासन समितिद्वारा गठित सौर्य जहाज दुर्घटना छानबिन उपसमितिका संयोजक राजेन्द्र पाण्डेले सौर्य एरलाइन्सलाई खारेज र विमान...
खेलकुद बागमती मुख्‍य समाचार

एलिसन स्पोट्र्सले काठमाडौंमा ‘दोस्रो महिला फुटसल च्याम्पियनसीप’ गर्ने

काठमाडौं । एलिसन स्पोट्र्स प्रालिको आयोजनामा काठमाडौंको पेप्सीकोलामा ‘दोस्रो महिला फुटसल च्याम्पियनसिप–२०८२ आयोजना हुने भएको छ । नेपाली महिलाहरुलाई फुटबल...