१३ चैत्र २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

राहदानी बनाउनेलाई परामर्श सेवा

सिरहा, १८ साउन ः यहाँको इलाका प्रशासन कार्यालय लहानबाट गत आर्थिक वर्ष २०८१÷८२ मा राहदानी बनाउने तीन हजार ३१८ जनाले...
बागमती मुख्‍य समाचार समाचार

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

काठमाडौँ । परम्परागत औजार “ढिकी जाँतो” को नामबाट काठमाडौंमा केही युवाले स्थानीय स्तरमा उत्पादन हुने खाद्य सामग्रीलाई संकलन गरेर शहरवासीको...
बागमती मुख्‍य समाचार

निर्मला प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय...
बागमती मुख्‍य समाचार समाचार

विश्व आदिवासी दिवस मनाइने, सप्ताहव्यापी कार्यक्रम तय

काठमाडौं ।  विश्वभरिका आदिवासी समुदायद्वारा प्रत्येक वर्ष अगस्त ९ तारिखका दिन मनाइँदै आएको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको ३१ औं संस्करण...
बागमती मुख्‍य समाचार समाचार

नेपाल चेम्बर र श्रीलङका चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता

काठमाडौं । श्रीलङकास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स एनसीसी र श्रीलङकन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज  एसएलसीएसएमआई बीच...
बागमती मुख्‍य समाचार राजनीति

लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र सेवक मात्रै हुन्छ...

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएको बताएका छन् । पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमत M नेपालको निर्वाचन इतिहास’  पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार शासक नभइ, व्यवस्थापक र सेवक मात्रै हुने बताएका हुन् । ‘लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार हुन्छ र जनताप्रति उत्तरदायी हुन्छ । यस प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र सेवक मात्रै हुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो ध्येय सुशासन र समृद्धि हो । कोही पनि अराजक भएनन् भने सरकारले कानुुन लगाइरहन पर्दैन । अराजकता देखिएमा त्यसलाई कानुनुले आफ्नो बाटो लिनुुपर्ने हुन्छ ।’ यसैगरी उनले संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेको बताए । प्रतिनिधिसभाका बैठकहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको लगातारको अवरोध र बहिष्कारलाई सङ्केत गर्दै संविधान र कानुनभित्र रहेर स्वतन्त्रपूर्वक आफ्ना कुरा राख्न पाएको अवस्थामा पनि व्यवस्थाभित्रै छिरेर व्यवस्थाविरुद्ध आगो लगाउन खोज्ने प्रवृत्ति गलत भएको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली आफैंमा गलत नभएको तर यसलाई कार्यान्वयन गर्ने प्रक्रियाका सन्दर्भमा कतिपय गलत प्रवृत्ति रहेकाले प्रक्रियामा देखिएका कमीकमजोरी सुधार्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले नेपालको निर्वाचन प्रणाली खर्चिलो भएको र उम्मेदवारहरुले सीमाभन्दा बढी खर्च गर्ने गरेको सन्दर्भमा वक्ताहरुले गरेका टिप्पणीको प्रतिवाद गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अनुुभवमा त्यस्तो नभएको स्पष्ट पारे ।  
बागमती मुख्‍य समाचार

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा छलफल

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको संरक्षण, ग्यालरी बैठक पुनर्निर्माण र संसद भवनको...
बागमती मुख्‍य समाचार समाचार

विदेशिएकाहरु क्षमता विकास गरेर फर्किनुहोला : परराष्ट्र मन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विदेशिएका नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्किन आग्रह गरेकी छिन् । विदेश जान चाहने विद्यार्थीलाई रोक्न नसकिएपनि क्षमता विकास गरेर स्वदेश फर्किन आग्रह गरेकी हुन् । महाराजगंज नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले आइतबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री राणाले ६२८ उत्तिर्ण भएका नर्सहरुमध्ये ५०५ विदेश गएको भन्दै उनले क्षमता विकास गरेर स्वदेश फर्किन आग्रह गरेकी हुन् । महाराजगंज नर्सिङ क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) हालसम्म प्राप्त गर्न नसकेको सुन्दा अचम्म लागेको पनि उनले बताइन् । ‘अझैपनि यो क्याम्पसले क्युएए प्राप्त नगरेको भन्ने सुन्दा अचम्म लागेको छ । यस विषयमा आज क्याविनेटमा राख्नेछु । यो क्याम्पसले आजसम्म कुनैपनि क्वालिटी नपुगेको भन्ने मलाई लाग्दैन । कुनैपनि आफ्नो पर्सनल रिसिभी, राजनीतिक प्रतिशोधको कारण यत्रो क्याम्पसले क्युएए नपाउनु राम्रो कुरा होइन । कि त कारण भन्न सक्नुपर्यो कि त कारण दिनसक्नु पर्यो ।’ यसैगरी मन्त्री डा. राणाले वर्तमान स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउनका लागि यस्तो संवेदनशील सेवामा समर्पित नर्सहरूलाई प्रोत्साहन, सेवाको सुरक्षा, समयानुकुल तालिम र प्राविधिक संशोधन उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । मन्त्री डा राणाले भनिन्, ‘नर्सहरूको भूमिकालाई स्वास्थ्य सेवकका रुपमा मात्र सीमित नराखी एक प्रशिक्षित स्वास्थ्य अभियन्ताका रुपमा विकास गर्नुपर्दछ । नेपालमा समावेशी, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीका लागि नर्सहरुको यो भूमिका आवश्यक छ ।’ उनले नेपालमा सेफ मदरहुड नेटवर्क मार्फत् मातृ तथा शिशु स्वास्थ्यका क्षेत्रमा आफूले विगतदेखि गर्दै आएको अभियानको स्मरण गर्दै अहिले भने नेपालमा मातृ स्वास्थ्यका क्षेत्रमा धेरै सुधार भएको र त्यसमा थप प्रगतिका लागि नर्सिङ पेशालाई समयानुकुल सुविधासम्पन्न बनाई विकास गर्दै लैजानुपर्नेमा जोड दिइन् । नेपाली नर्सहरु विदेश गइरहेको वर्तमान अवस्थाप्रति उनले भनिन्, ‘यहाँहरुले राम्रो अवसर पाएरै विदेश गइरहनुभएको होला, त्यसमा म केही भन्दिन । तर पनि विदेशमा रहँदा त्यहाँको ज्ञान र सीप बटुलेर स्वदेश फर्किनुहोला । यो देशमा यहाँहरुको सख्त खाँचो छ ।’    
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाज

बहुविवाहसम्बन्धी कानुनी प्रस्तावप्रति चर्को विरोध : ‘के महिलाहरु प्रयोगशाला मात्र...

महिलालाई वस्तु वा बच्चा जन्माउने मेसिनमात्र बनाउन खोजिदैछ : अधिकारकर्मी काठमाडौं । सरकारले बहुविवाहलाई कानूनी मान्यता दिने गरी कानुनको मस्यौदा...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सभामुख घिमिरे स्वदेश फर्किए, भ्रमण प्रभावकारी भएको जानकारी

काठमाडौं । स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न छैटौं विश्व सम्मेलनमा सहभागी भई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आइतबार स्वदेश फर्किएको...
बागमती मुख्‍य समाचार समाज

चिटिक्क बन्यो नर्वदेश्वर महादेव र ऐतिहासिक सत्तल

रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ स्थिति गाईखुराको नर्वदेश्वर महादेव र ऐतिहासिक सत्तलको जीर्णोद्वार गरिएको छ । पुरातत्त्व विभागले जीर्णोद्वार गरेपछि...