१३ चैत्र २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

शिक्षा ऐन संशोधन नभए साउन २९ गतेबाट आन्दोलन 

काठमाडौं । नेशनल प्याब्सनलगायत चार संघ सस्थाले  शिक्षा ऐनमा समुचित व्यवस्था गर्नुपर्ने माग राखेका छन् । हिसान, नेशनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै साउन २८ गतेसम्मको अल्टिमेटम दिंदै माग अघि सारेका हुन् । आइतबार पत्रकार सम्मेलन गर्दै संघले शैक्षिक सरोकारवालाका विषयहरू विद्यमान कानुनी व्यवस्था र कानुनबमोजिम स्थापना भइ सञ्चालन भएका संस्थाहरूको स्थायित्वलाई समेत मध्यनजर गरी कुनै पूर्वाग्रह नराखी निर्माणाधीन शिक्षा ऐनमा समुचित व्यवस्था गनुपर्ने माग राखेका हुन् । उनीहरुले राज्यले गर्न नसक्ने काम निजी क्षेत्रबाट प्रवाह गराउन खोज्नु अत्यन्तै अव्यवहारिक र राज्यलाई अनुत्तरदायी बनाउने प्रयास भएको उनीहरुको भनाई छ । ति संस्थाहरुले निजी विद्यालयहरूलाई क्रमश गैर नाफामूलक बनाइनेछ भन्ने वाक्याशं हटाइनु पर्ने, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनुपर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको दश प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने, छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, बार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने माग अघि सारेका छन् । विधेयकमा संशोधन नगरिए आगामी श्रावण २९ गतेदेखि आन्दोलन गर्न बाध्य हुने समेत उनीहरुले चेतावनी दिएका छन् ।   संयुक्त प्रेस विज्ञप्ति नेपालको शिक्षा बिकासमा चार दशक लामो योगदान गरेको निजी क्षेत्रले थुप्रै आरोह अवरोह व्यहोरिसकेको छ । शिक्षा ऐन २०२८ कार्यान्वयन भएपश्चात् राष्ट्रियकरणमा परेका निजी विद्यालयहरू, राज्यले आवश्यकता महसुस गरी विद्यालय स्थापना र सञ्चालनमा केही खुकुलो नीति लिएपछि २०३६ साल पछि पुनः निजी लगानीमा विद्यालयहरू स्थापना हुन थाले । बहुदलीय व्यवस्थाको स्थापनापश्चात् तत्कालिन राज्यले खुल्ला बजार अर्थनीति अङ्गीकार गरेपछि निजी लगानीका बहुसंख्या क्षेत्र स्थापित हुन पुगे जसमा मुख्य गरी सूचना, सञ्चार, पर्यटन, उद्योग कलकारखाना, यातायात, स्वास्थ्य र शिक्षा मुख्य रूपमा रहेका छन् । २०४७ सालपछि राज्यको नीति र ऐनका आधारमा विद्यालयहरू स्थापना हुने क्रम तीव्र गतिमा अगाडि बढ्यो । देशको समृद्धिमा निजी क्षेत्रले निरन्तर योगदान गरिरह्यो तर राज्य विकासकै क्रममा रहेका तमाम क्षेत्रलाई व्यवस्थित र नियमन गर्नुको सट्टा नियन्त्रण गर्ने सोचले झन्झटिलो र अव्यावहारिक कानुन निर्माणतर्फ मात्र अग्रसर भएका कारण,...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान राष्ट्रपति निवास शीतल निवासमा...
अर्थ बागमती मुख्‍य समाचार

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार,आज अमेरिकी डलर एकको खरिदर १३९...
बागमती मुख्‍य समाचार समाचार

नाइमा नेपाल मोबिलिटी एक्स्पो सोमबारसम्म चल्ने

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन(नाइमा) ले आयोजना गरेको नेपालकै ठूलो अटोमाबाइल प्रर्दशनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’...
बागमती मुख्‍य समाचार समाचार

गाईजात्राले भेदभावलाई ओझेलमा पार्दै एउटै उत्सवको घेरामा ल्याउछ : सभामुख...

काठमाडौं । सभामुख देवराज घिमिरेले गाईजात्राले जात, धर्म, वर्ग र पृष्ठभूमिको भेदभावलाई ओझेलमा पार्दै सबैलाई एउटै उत्सवको घेरामा ल्याउने बताएका...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पोखरा र गौतमबुद्ध विमानस्थलबाट हुने अन्र्तराष्ट्रिय उडानमा हवाइ भाडा छुट...

काठमाडौं । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्न हवाइ भाडामा लाग्दै...
बागमती मुख्‍य समाचार

घर दरबारको अफरः एक सय रुपैयाँमा घरको इस्टिमेसन

काठमाडौं । घर तथा भवन निर्माणको क्षेत्रमा काम गर्दै आएको कम्पनी ‘घरदबार’ ले एक सय रुपैयाँमा कुनैपनि प्रकारको घरको लागत...
बागमती मुख्‍य समाचार समाचार

आजको मौसमःयी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको...
खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार

एनपीएलको अक्सनबाट आठ टोलीले छाने ३७ खेलाडी, काठमाडौं गोर्खाजको अक्सन...

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को निम्ति भएको मिनि अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् ।...
बागमती मुख्‍य समाचार समाचार

फेस अफ पोखरा भि–टुको उपाधि समाइरा र अमिरलाई

काठमाडौं । पोखरामा आयोजित भव्य फेसन प्रतियोगिता फेस अफ पोखरा भि–टुका को उपाधि समाइरा विश्वकर्मा र अमिर विश्वकर्माले क्रमशः महिला...
खेलकुद बागमती मुख्‍य समाचार

तेक्वान्दोमा ४ पदक

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडीले आठौं गेविन मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शनिबार ३ स्वर्ण र १ रजत गरी ३...
अर्थ बागमती मुख्‍य समाचार

आज सेयर बजार बन्द

काठमाडौं । आज सेयर बजार (नेप्से), बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू बन्द रहनेछन्। शुक्रबार सरकारले काठमाडौं उपत्यकासहित बागमती...