१३ चैत्र २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

विदेशमा बस्ने नेपालीको समस्या कांग्रेसले समाधान गर्छ ः डा.महत 

बेल्जियम । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युरोपभरि जनसम्पर्क समितिलाई सक्रिय बनाउन जरुरी रहेको बताएका छन् । नेपाली जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको युरोपभरिका जनसम्पर्क समितिका प्रतिनिधिहरुको भेलामा मन्तव्य राख्दै डा. महतले बेल्जियम युरोपको केन्द्रबिन्दुमा रहेको र धेरै प्रतिबद्ध व्यक्तिहरु सक्रिय रहेकाले बेल्जियम समितिको भूमिका युरोपमा अत्यन्तै महत्वपूर्ण रहेको बताए । युरोपका विभिन्न जनसम्पर्क समितिहरूलाई थप क्रियाशील बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले आफू पूर्वी युरोप (रोमानिया, क्रोएसिया, हंगेरी, अल्बानिया, बुल्गेरिया) मा जाँदा ठूलो संख्यामा नेपालीहरू रहेको र ती ठाउँमा जनसम्पर्क समिति विस्तार गर्न जरुरी भएको बताए । जहाँ पहिलेदेखि जनसम्पर्क समिति छ र नेपालीहरूको पहिलो पुस्ताबाट दोस्रो पुस्तामा प्रवेश गरेका छन्, ती देशहरूमा समितिहरूलाई थप सक्रिय गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए । उनले डेनमार्कमा देखिएको समस्या समाधान भई संगठन निर्माण र जनसम्पर्क समितिको उपस्थितिलाई विस्तार गर्ने तथा एकीकृत गर्ने दिशामा जानुपर्नेमा जोड दिए । उनले युरोप, अमेरिका, मध्यपूर्व र दक्षिण पूर्व एसियामा ठूलो संख्यामा नेपालीहरू बस्ने भएकाले अब नेपालको राजनीतिलाई मात्र हेरेर नपुग्ने बताए। पार्टीहरूले नेपालबाहिर पनि नेपाल छ भन्ने कुरा आत्मसात गर्न जरुरी रहेको र नेपाली कांग्रेसले यसलाई आत्मसात गरिरहेको उनको भनाइ थियो । डा. महतले विदेशमा बस्ने नेपालीहरूको विषयमा निर्णायक कुरा गर्ने पार्टी नेपाली कांग्रेस नै भएको बताए ।  
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

नागरिकता सम्बन्धी कानुनमा आमालाई जिम्मेवार बनाइएको छ’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मुल ध्येयका साथ नागरिकता सम्बन्धी कानुनलाई संशोधन अघि बढाइएको...
बागमती मुख्‍य समाचार समाचार

पाँचपोखरी र जटापोखरी घुम्न जानेको संख्या बढ्दै

रामेछाप । जनैपूर्णिमाको अवसर पारेर रामेछापको पाँचपोखरी र जटापोखरीमा तीर्थयात्री जाने आउनेक्रम जारी छ । रामेछापका प्रख्यात धार्मिक तथा पर्यटकीय...
बागमती मुख्‍य समाचार समाचार

भण्डारखालमा वृक्षारोपण, मुख्यसचिवदेखि कलाकारसम्मको सहभागिता

काठमाडौं । ‘जन्मदिनलाई सतकर्ममा जोडौं’ अभियान अन्तर्गत पशुपतिनाथ क्षेत्रअन्तर्गतको भण्डारखालमा सोमबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल सरकारका...
बागमती मुख्‍य समाचार समाचार

संघर्षशील शक्तिहरूलाई एकताबद्ध बनाउन श्रेष्ठ–यादव बीच छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी दल नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सोमबार बिहान हात्तीवनस्थित...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपालबाट बंगलादेशमा १०३ बस्तु निर्यातको उच्च सम्भावना

काठमाडौं । हालैको एक अध्ययनले नेपालबाट बंगलादेशतर्फ निर्यातका लागि उच्च सम्भावना भएका १०३ उत्पादन पहिचान गरेको छ । जसले दुई छिमेकी मुलुकबीचको व्यापारमा उल्लेखनीय वृद्धिको अवसर देखाएको छ । साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोन्मेन्ट (सावती) ले सार्वजनिक गरेको नेपाल–बंगलादेश व्यापारसम्बन्धी प्रतिवेदनले हार्मोनाइज्ड सिस्टम (एचएस) कोड ६ भएका १०३ प्रकारका वस्तुको बंगलादेश निर्यातको सम्भावना उच्च रहेको उल्लेख गरेको छ । विस्तृत कार्यविधिको प्रयोग गरी अनुसन्धानकर्ताहरूले ८–अङ्के एचएस कोड स्तरमा १६४ उत्पादनहरू पहिचान गरेका छन्, जुन ६–अङ्के एचएस कोड स्तरमा १०३ उत्पादन बराबर हुन्छन् । तीमध्ये २६ कृषि उत्पादन र ७७ गैर–कृषि उत्पादन छन्, जसले विभिन्न क्षेत्रहरूमा नेपालको सम्भावना देखाउँछन् । उत्पादन समूहका हिसाबले ‘खनिज तथा धातु’ सबैभन्दा धेरै संख्यामा रहेका छन्, भने ‘तेलविजन बियाँ, चिल्लो पदार्थ र तेल’ वर्गमा निर्यात मूल्यका हिसाबले अग्रस्थानमा छन् । यसपछि ‘कपडा’ वर्गले पनि बलियो सम्भावना देखाएको छ । यद्यपि यो सम्भावना हुँदाहुँदै पनि, अध्ययनले उल्लेख गरेको छ कि यी उत्पादनमध्ये धेरैजसोको बंगलादेशतर्फको निर्यात अहिले शून्य वा अति न्यून छ । केही अपवाद बाहेक—जसमध्ये सबैभन्दा उल्लेखनीय बस्तु महसुरो हो । अन्य उत्पादनहरूको निर्यात नगण्य छ । विज्ञहरुका अनुसार, यस्तो कमजोर निर्यात व्यापारिक अवरोधहरू—चाहे शुल्कीय होस् वा गैर–शुल्कीय—का कारण भएको देखिन्छ । जसले नेपाली उत्पादनहरूलाई बंगलादेशी बजारमा प्रवेश गर्न कठिन बनाएको छ । यस्ता अवरोधहरू अध्ययनको आगामी खण्डमा विस्तृत रूपमा विश्लेषण गरिनेछ । यसले नेपाल र बंगलादेशबीचको आर्थिक सहकार्य विस्तार गर्न हालका व्यापारिक अवरोध हटाउन र नीतिगत पहल आवश्यक रहेको स्पष्ट संकेत गर्दछ ।  
बागमती मनोरन्जन मुख्‍य समाचार

गाईजात्राको अवसरमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको आवाज :  पहिचानको स्वीकारोक्ति...

काठमाडौं । गाईजात्राको अवसरमा आइतबार राजधानी काठमाडौंमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले ‘प्राइड परेड’ निकालेर आफ्नो पहिचान, अधिकार र अस्तित्वका...
बागमती मनोरन्जन मुख्‍य समाचार

पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजन घुइँचो

काठमाडौँ, २६ साउन : पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै भक्तजनको लाम लागेको छ । साउन महिनाको आज अन्तिम सोमबार...
बागमती मुख्‍य समाचार समाचार

बिजनेस ब्लु प्रिन्ट नेपाल’ आगामी भदौ १२ गते काठमाडौंमा, मुख्य...

काठमाडौं । अन्तर्राष्ट्रिय ख्याति प्राप्त उत्प्रेरक वक्ता डा. उज्जवल पाटनी आगामी भदौ १२ गते राजधानीको होटल म्यारीयटमा बिजनेस ब्लु प्रिन्ट...
बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

जारी–२, सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक

काठमााडौं । असोज ३ गते रिलिज हुने ‘जारी–२, सङ अफ च्याब्रुङ’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरले लिम्बु समुदायको...
अर्थ बागमती मुख्‍य समाचार समाचार

माबिलुङ इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ । कम्पनीले कुल जारी...