८ माघ २०८२, बिहीबार
अर्थ बागमती मुख्‍य समाचार

नेप्सेमा २६ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा २६.२२ अंकको गिरावट आएको छ । नेप्से परिसुचक घटेर २८ सय बिन्दुभन्दा...
बागमती मुख्‍य समाचार राजनीति

अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस

काठमाडौँ । राष्ट्रिय सभामा अभौतिक सम्पदाको संरक्षण गर्न सम्बन्धित व्यवस्था गर्न तयार गरिएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी विधेयक, २०८१ पेस...
खेलकुद बागमती मुख्‍य समाचार

साम्बा’लाई ब्रान्ड एम्बेसडर हस्ताक्षर

काठमाडौं । म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेस र नेपाली महिला फुटबल टोलीकी कप्तान सबित्रा भण्डारी ’साम्बा’को ब्रान्ड एम्बेसडर हस्ताक्षर भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै म्याक्सिम्याक्सले म्याक्सिम्याक्स संस्थाको ब्रान्ड एम्बासडर ’साम्बा’ सँग तीन वर्षका लागि सम्झौता गरेको बताएको हो  । साम्बाले गत वर्ष फ्रान्सको प्रिमियर लिगमा गुइनगाम्पबाट खेल खेलेको जनकारी गराँउदै अव छिट्टै नै अस्ट्रेलियाको प्रिमियर लिगमा वेलिङटन फोनिक्सबाट सहभापग हुने आयोजकको भनाइ छ । नेपाली राष्ट्रिय टोलीबाट ६० खेलमा ६६ गोल गरेकी सावित्रालाई म्याक्सीम्याक्ससँग जोड्न पाँउदा उत्साहित रहेको आयोजकको भनाइ छ । संयुक्त प्रेस विज्ञप्ति म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेस र नेपाली महिला फुटबल टोलीकी कप्तान सबित्रा भण्डारी ’साम्बा’ को ब्रान्ड एम्बेसडर हस्ताक्षर समारोहमा सहभागी हुन आउनु हुने सबैलाई हार्दिक स्वागत गर्दछौ । नेपाली राष्ट्रिय टोलीबाट ६० खेलमा ६६ गोल गर्नु भएका सावित्रालाई म्याक्सीम्याक्ससँग जोड्न पाउदा हामी निकै उत्साहित छौं । नेपाल एपीएफ क्लबबाट खेल सुरु गर्नु भएका साम्बाले इन्डियन वुमन्स लिगमा सेथु एफसी, गोकुलम केरलाबाट खेलिसक्नु भएको छ । २०२२–२३ मा गोकुलमलाई इन्डियन वुमन्स लिगको उपाधि दिलाउदा १० खेलमा ३१ गोल गर्नु भएको थियो, जुन एउटा कीर्तिमान पनि हो । त्यसबाहेक साम्बाले इजरायलको होपोइल रानानाबाट पनि खेलिसक्नु भएको छ । गत वर्ष उहाँले फ्रान्सको प्रिमियर लिगमा गुइनगाम्पबाट खेल्नु भएको थियो । अव छिट्टै नै अस्ट्रेलियाको प्रिमियर लिगमा वेलिङटन फोनिक्सबाट खेल्नु हुनेछ । हामी ’साम्बा’ ले न्यूजील्यान्डको वेलिङ्टन फिनिक्सका लागि व्यवसायिक सम्झौता गर्नुभएकोमा बधाई साथै अष्ट्रेलियाको शीर्ष डिभिजन लिगमा आगामी सिजनका लागि शुभकामना दिन चाहन्छौं । म्याक्सिम्याक्सले संस्थाको ब्रान्ड एम्बासडर ’साम्बा’ सँग ३ वर्षका लागि सम्झौता गरेको छ। खेलकुद र विशेष गरी फुटबलबाट सफलताको शिखरमा पुग्नुभएकी ’साम्बा’ नेपाली युवाहरूका लागि प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ । युवाहरूलाई आफ्नो सपना पछ्याउन र विश्वभर अवसर खोज्न प्रोत्साहित गर्ने यही भावना म्याक्सिम्याक्स एजुकेशन एन्ड माइग्रेशन सर्भिसेजको पनि हो–जहाँ हामी तपाईंलाई अध्ययन, करियर र भविष्यका लागि सही मार्गदर्शन प्रदान गर्छौं । अष्ट्रेलियाको मेलबर्नमा मुख्य कार्यालय रहेको म्याक्सिम्याक्स एजुकेशन अष्ट्रेलियामा विभिन्न सामाजिक, सांस्कृतिक र खेलकुद गतिविधिहरूमा सक्रिय रूपमा संलग्न रहेको छ । नेपालमा ललितपुरको कुमारीपाटी, चितवनको पर्सा र पोखराको चिप्लेढुंगामा म्याक्सीम्याक्सका शाखा रहेको छ ।  
बागमती मुख्‍य समाचार समाचार

काठमाडौंमा ‘डाइभर्सिटी कार्निभल’: सीमान्तकृत युवाका मुद्दाबारे वहस

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले आयोजना गरेको ‘डाइभर्सिटी कार्निभल–विविधताको उत्सव २०२५’ सोमबार सम्पन्न भएको...
बागमती मुख्‍य समाचार विशेष समाचार

नेपालका ६ विद्युत आयोजनामार्फत थप दुई सय मेगावाट बिजुली किन्दै...

काठमाडौं । भारत सरकारले नेपालका ६ वटा विद्युत आयोजना मार्फत थप करीब २०० मेगावाट बिजुली किन्ने भएको छ । भारतले...
बागमती मुख्‍य समाचार समाचार

तामाकोशीमा बगेर वृद्ध बेपत्ता, खोजी जारी

रामेछाप । मन्थली नगरपालिका–७ भुटौली नजिकै ठेडखोला किनारबाट तामाकोशी नदीमा बगरे एक वृद्ध बेपत्ता भएका छन् । भटौलीको मुगिटारका ७६...
बागमती मुख्‍य समाचार समाचार

‘युवालाई विदेश पलायनबाट रोक्न स्वदेशमै रोजगारीका कार्यक्रम तयार गर्नुपर्छ’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास, सुशासन र समृद्धिको सपनालाई पूरा गर्नु नै मुख्य कार्यभार...
बागमती मुख्‍य समाचार राजनीति समाचार

कारागारमा सुरक्षा र मानव अधिकारको ग्यारेन्टी गर्न माग 

काठमाडौं । कैलाली कारागारमा गत शुक्रबार राति भएको झडपको विषय प्रतिनिधिसभा बैठकमा उठेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सचेतक रुपा शोशी चौधरीले कारागारमा भएको झडपको विषय संसद्मा उठाएकी हुन् । उनले सुरक्षा घेरामा रहने कारागारमा झडप हुने बेलासम्म प्रशासन किन मौन बस्यो भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न समेत सोधेकी छन् । उनले कारागार सुरक्षा र मानव अधिकारको ग्यारेन्टी गर्न समेत माग गरिन् । कैलाली कारागारमा शुक्रवार राति कैदीबन्दीको आक्रमणमा परेर लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको थियो भने ४९ जना कैदीबन्दी घाइते भएका थिए । उनले कारागारमा सुरक्षा र मानव अधिकारको ग्यारेन्टी गर्न माग गरिन् । उनले झडपमा परी मृत्यु भएका भरत चौधरीको मृतात्माको शान्तिको कामना समेत गरिन् । ‘यहि साउन २३ गते कैलालीको कारागारमा दुखद तर लज्जास्पद घटना भएको छ । कारागार भित्र दुईपक्षबिच झडप भइ एकजना भरत चौधरीको मृत्यु भएको छ भने सामान्य र गम्भीर गरी ५४ जना घाइते भएका छन् । म मृतक भरत चौधरी प्रति हार्दिक श्रदान्जली भन्न चाहान्छु । धाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्न चहान्छु । कारागार भित्र मानवअधिकार भन्ने कुरा हुन्छ कि हुँदैन कैलालीको कारागार १५० जना कैदी बन्दी रहने क्षमताको कारोबार हो । तर त्यहाँ ७०० भन्दा बढी कैदी रहेको समचार बाहिर आएको छ । यो केबल झडप मात्र होइन । कारागार प्रशासनको विफलता पनि हो । म गृहमन्त्रीलाई के भन्छु भने सुरक्षा निकाएको घेरामा रहने बन्दीहरु झडप गर्दा सम्म प्रशासन किन मौन बस्यो । उनीहरुको जीवनको ग्यारेन्टि हुने स्थिति भएन भने बाहिरका सर्वसाधरण जनताले आफ्नो जीवनको सुरक्षाको प्रत्याभुति कसरी गर्ने । यो घटनाको बारे निश्पक्ष छानबिन गर्न माग गर्दछु’ उनले भनिन् ।    
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रधानमन्त्रीको निर्देशन : सुशासनका लागि विना मोलाहिजा छानबिन र अनुगमन...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन्...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

अध्यागमनमा घुस लिइरहेको घट्ना बाहिरिएपनि सरकार मौन बस्नु रहस्यमय’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का शिशिर खनालले केही दिन अगाडि एयरपोर्टको अध्यागमनमा गृह मन्त्रालयका कर्मचारीले घुस लिइरहेको विषय बाहिर आएपनि...
बागमती मुख्‍य समाचार समाचार

स्थानीयतहले जग्गाको वर्गीकरण नगरिदिँदा काभ्रेमा जग्गाको कारोबार रोकियो

काभ्रेपलाञ्चोक, २७ साउन ः यहाँको स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा स्थानीय नागरिक सेवालिनबाट वञ्चित भएका छन् । जिल्लाको १३ तहमध्ये...