बागमती
मुख्य समाचार
समाचार
काठमाडौं । नेपाल सद्भावना पार्टी पुनर्गठन भएको छ । विहीबार पत्रकार सम्मेलन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका नेता अनिल कुमार झाले सद्भावना पार्टी पुनर्गठन गरेको जानकारी दिए । पुनर्गठन गरेको पार्टीलाई बुधबार मात्रै निर्वाचन आयोगले मान्यता दिएको उनले जानकारी दिए । पत्रकार सम्मेलनमार्फत १२ बुँदे सैद्धान्तिक प्रतिवद्धता पनि जारी गरिएको छ । संयुक्त प्रेस विज्ञप्ति महिला, दलित, मुस्लिम र पिछड़ावर्ग सहितका मधेशी, पहाडका आदिवासी–जनजातिहरु, रानाथारु एवं थारु सहितका तराईका आदिवासी–जनजातिहरु, तराईका अल्पसंख्यक, पहाडका दलित, पीछडिएका क्षेत्रका जनता सहित कतिपय वर्गीय रं शासकीय पहुंचबाट टाढा रहेका खस–आर्यहरु समेत आफनै देशभित्र सदियौं देखि, दमन, उत्पीड़न, अन्याय, अत्याचार र सबै प्रकारका विभदको शिकार हुँदै आएको तथ्य विदितै छ । राज्यसत्ताका मूलप्रवाहबाट बाहिर पारिएका ती नागरिक समूहहरु सबै प्रकारका विभेद तथा शोषणका विरुद्ध पहिचान, पहुंच, प्रतिनिधित्व, प्रदेश तथा प्राकृतिक श्रोत एवं राजस्वको बाँडफाडमा समान अधिकारको लागी संघर्षरत रहदै आएका छन् । सबै प्रकारको शोषण र विभदको अन्त्य गरी उनीहरुको नागरिक हक, सम्मान,...