१५ चैत्र २०८२, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौँ, २ असोजः अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गरेका छन् ।...
बागमती मुख्‍य समाचार विशेष समाचार

प्रधानमन्त्री कार्कीलाई बधाई दिन पुगे अमेरिकन राजदूत

काठमाडौं । नेपालका लागि अमेरिकन राजदूत डिन आर.थम्पसनले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा...
बागमती मुख्‍य समाचार विशेष समाचार

जेन–जी आन्दोलनका क्रममा रौतहटमा २०  करोडभन्दा बढीको क्षति भएको अनुमान

रौतहट । रौतहटको पाँच वटा स्थानीय तहसहित केही सरकारी कार्यालय भवनमा भौतिक तथा कागजपत्रमा क्षति पुगेपछी सेवा सुचारु हुन सकेको छैन् । जेन–जी आन्दोलनको क्रममा चन्द्रपुर, गरुडा, कटहरिया, फतुवा विजयपुर र बौधीमाइ  नगरपालिकामा क्षति पुगेकाले सेवा संचालनमा समस्या भएको हो । चन्द्रपुरमा रहेको डिभिजन वन कार्यालय, ईलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा सडक डिभिजन कार्यालय लागयतकोमा पनि भौतिक तथा कागजपत्रमा क्षति पुगेको छ । सरकारी कार्यलयका  कागजपत्र कामै नलाग्नेगरि जलेकाले सेवा प्रवाहमा समस्य भएको हो  । गरुडा नगरपालिका कार्यालयमा प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट नगरपालिकामा भएको क्षतिका कारण तत्काल सेवा सुचारु गर्न नसकिने नगर प्रमुख कन्थमणि प्रसाद कलवारले जानकारी दिए । उनका अनुसार पालिकामा रहेका महत्त्वपूर्ण कागजपत्र जलेको छ । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सन्जय काफ्लेले आगजनी र तोडफोडबाट कार्यालयका कागजात, फर्निचर, कम्प्युटर, प्रिन्टर लगायत सबै सामग्री नष्ट भएकाले तत्कालै सेवा सुचारु हुने अवस्था नरहेको बताए । यद्यपी, अब छिटै बैकल्पिक भवनबाट कार्यालय संचालन गरिने उनले बताए । जिल्ला प्रशासन कार्यालय गौरले जेन–जी आन्दोलनको क्रममा करिब २० करोडभन्दा बढीको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । यद्यपि क्षतिको पूर्ण विवरण संकलनको काम जारी राखेकाले यो रकम अझै बढ्न सक्ने अनुमान गरिएको छ । गौर नगरपालिकामा ६४ लाख, जिल्ला प्रशासन कार्यालयमा ९ लाख, चन्द्रपुर नगरपालिकामा ३ करोड, मौलापुर नगरपालिकामा ५ करोड र कटहरिया नगरपालिकामा एक करोडको क्षति भएको प्रारम्भिक विवरणले देखाएको छ । यस्तै,...
बागमती मुख्‍य समाचार विशेष समाचार

श्रीमती हुँदा कहिल्यै ग्लानी भएन, तर पेसामा आत्मग्लानी भयो

काठमाडौं । नेपालकी पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारीले न्यायिक सेवामा काम गर्दा आत्मग्लानीको अनुभव हुने गरेको खुलासा गरेकी छन् ।...
बागमती मुख्‍य समाचार विशेष समाचार

 उर्जामन्त्री घिसिङको अभियानका लागि रोल्पाका ओलीले पठाए एकसय रुपैंयाँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जलेका र भत्किएका संरचनाहरु सबैले मिलेर बनाउनपर्ने भनेर आवाह्न गरेलगतै आर्थिक सहयोग संकलन हुन थालेको छ । त्यसका लागि रोल्पाका तेज विक्रम ओलीले एक सय रुपैंयाँ दिएर अभियान सुरु गरेका हुन् । जेन–जी प्रदर्शनका क्रममा आगजनी भएको संसद भवनको निरीक्षण गर्दै मन्त्री घिसिङले क्षति भएका सबै संरचना सबैले मिलेर बनाउनुपर्ने बताएका थिए । उक्त अभियानलाई साथ दिँदै रोल्पाका ओलीले रु १०० दिँदै सानो हात, ठूलो साथ भन्दै एक पटकको खाजा वा मोबाइल रिचार्ज बराबरको खर्च तर यसको परिणाम देशको पुनर्निर्माण र भरोसाको पुनर्जन्म यहीँबाट हुने बताएका छन् । ओलीले आफ्नो सामाजिक सन्जाल फेसबुकमार्फत लेख्दै भनेका छन् ः ‘एकपल्टको खाजा वा मोबाइल रिचार्ज बराबरको खर्च तर यसको परिणाम………?  देशको पुनर्निर्माण र भरोसाको पुनर्जन्म यहीँबाट हुनेछ । आजपनी हामी पराईको हात थापेर वा मागेर पुनः निर्माण गर्ने सपना देख्छौ भने परनिर्भर र पराधिन हुनुपर्नेछ! यसर्थ हामी स्वाभिमान र आत्मनिर्भर बन्नुपर्ने बेला भएको छ । सानो सहयोग पनि ठूलो परिवर्तनको जग हुन सक्छ । हामी तीन करोड नेपालीले हातेमालो गर्ने हो भने, देशलाई फेरि उठ्न बाट कसैले रोक्न सक्दैन । हामीले यत्ति भन्नु पर्छ कि, देश हामी सबैको हो, बनाउने पनि हामीले नै हो! यदि प्रत्येकले रु. १०० दियौंभने, एकैपल्टमा ३ अर्ब रुपैयाँ जुट्छ र हामी सबैको साझा लगानीमा पुनः ठडिने छ,सिंहदरबार !...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

किसुनजी को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै...

काठमाडौं । पद, पैसा र ‘पावर’को मोह त्यागेर आदर्श, निष्ठा र कर्मलाई अँगाल्ने दुर्लभ राजनीतिज्ञ थिए कृष्णप्रसाद भट्टराई । नेपालको...
बागमती मुख्‍य समाचार विशेष समाचार

अहिलेको सरकारको मुख्य काम नै निर्वाचन गराउनु हो : गृहमन्त्री...

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले अहिलेको सरकारको मुख्य काम नै निर्वाचन गराउनु रहेको बताएका छन् । बिहिबार निर्वाचन आयोगमा...
बागमती मनोरन्जन मुख्‍य समाचार

अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

काठमाडौँ, २ असोजः ‘द एकेडेमी अफ् मोसन पिक्चर आट्र्स एन्ड साइन्सेस् अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व चलचित्र ‘अञ्जिला’ले गरेका छन् ।...
बागमती मुख्‍य समाचार विशेष समाचार

प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

भक्तपुर, २ असोजः जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते जलाइएका भक्तपुरका दुई प्रहरी वृत्तसहित १७ वटा प्रहरी प्रभाग एवं...
बागमती मुख्‍य समाचार विशेष समाचार

जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगमा भएको छलफलका क्रममा पछिल्लो समयमा देखिएको विद्रोहले सरकारी तथा निजी सम्पत्तिमा गम्भीर क्षति...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

उद्यमी व्यवसायीको मनोवल उकास्नेगरी सुरक्षाको प्रत्याभूति चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष उद्यमी व्यवसायीको मनोवल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री ओमप्रकाश...
बागमती मुख्‍य समाचार विशेष समाचार

त्रिपालबाटै मुद्दा सुनुवाई, देशभर २३ वटा अदालतमा क्षति

काठमाडौं । सर्वोच्च अदालतले त्रिपालबाटै भएपनि मुद्दा सुनुवाई भएको छ । बिहीबार सर्वोच्च अदालतको भवन बस्न लायक नभएपछि बाहिर त्रिपालबाटै भएपनि दुईवटा बन्दीहरुको मुद्दाको सुनुवाई गरिएको हो । गत भाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमा प्रदर्शनकारीहरुले सर्वोच्च अदालतमा पनि तोडफोड सहित आगजनी गरेका थिए । सुनुवाईपछि सर्वोच्च अदालतका सहप्रवक्ता एंव उपरजिस्ट्रार निराजन पाण्डेले भदौ २४ गते भएको आगजनी, ताडफोड र लुटपाटका कारण सर्वोच्च अदालतको भौतिक संरचना, आइटीका उपकरणहरु र सवारी साधनहरुमा निकै क्षति भएको भन्दै क्षतिको तथ्यांक निकाल्ने कार्य अझै भइरहेको बताए । यस्तै, उनले भौतिक संरचना नभएको कारण न्यायिक कामलाई रोक्न नमिल्ने भनेर फुल कोर्टबाट बन्दी प्रत्यक्षिकरणको रिट निवेदनबाट न्याय सम्पादनका कामहरुलाई अगाडि बढाउने निर्णय भएको भन्दै सोही अनुसार पालबाट भएपनि काम अगाडि बढाएको बताए । उनले भने, ‘क्षति त भइहाल्यो तर न्यायिक कामलाई रोक्न मिल्दैन् । फुल कोर्टबाट एउटा के निर्णय भयो भने बन्दी प्रत्यक्षिकरणको रिट निवेदनबाट न्याय सम्पादनका कामहरुलाई अगाडि बढाउनेपर्छ भन्ने छ । त्यो निर्णय अनुसार निवेदन दर्ता गरेर सुनुवाई प्रक्रिया अगाडि बढाएका हौं । पालबाटै भएपनि हामीले काम गरिरहेका छौ ।’ साथै, हालसम्म देशभर सर्वोच्च अदालत लगायत, विशेष अदालत, उच्च अदालत र जिल्ला अदालतहरु गरेर समग्रमा २३ वटा अदालतहरुमा क्षति भएको पनि उनले जानकारी दिएका छन् । उनले भने, ‘अहिले देशभर सर्वोच्च अदालतलगायत विशेष अदालत, उच्च अदालत, जिल्ला अदालतहरु गरेर समग्रमा २३ वटा अदालतहरुमा क्षति भएको छ । क्षति भएको मध्य केही पूर्ण रुपमा क्षतिग्रस्त छ भने केहीमा सामान्य रुपमा क्षति भएको छ । पूर्ण रुपमा क्षति भएका अदालतको मुद्दालाई सबै जलेका छन् भने सामान्य क्षति भएका अदालतहरुका केही फाइलहरु बाँकी नै छन् । यसको तथ्यांक संकलन गर्ने क्रममा छौ ।’