७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

गोपिकृष्ण आवास आयोजना क्षेत्रमा अतिक्रमित जग्गा फिर्ता गर्न माग 

काठमाडै । काठमाडौं महानगरपालिका वडा नम्बर ७ को वडाअध्यक्ष विमल होडाले पन्चवर्षीय कार्ययोजना अन्तर्गत वातावरण, सम्पदा, स्वस्थ्य, शिक्षालगायत अरु विकास निर्माणका कामहरु गरिरहेको बताएका छन् । आइतबार काठमाडौंको गोपिकृष्ण आवास आयोजनाको खुल्ला क्षेत्रमा निर्मित शिव पन्चायन मन्दिर भजन मण्डल हरियाली उद्यान उद्घाटन समारोहमा बोल्दै उनले शिव पञ्चायन मन्दिर बन्नु भन्दा अघि यस क्षेत्रमा चोरी, आतंक हुने, नकरात्मक गतिविधी हुने गरेको र अहिले सुरक्षा बढेको  बताए । उनले भने ‘शिव पन्चायन मन्दिर बन्नुभन्दा अघि यो ठाँउ चोरी र आतंकका गतिविधि हुन्थे । नकरात्मक गतिविधी हुने गरेको थियो । अहिले सुरक्षा बढेको छ । मन्दिरमा अहिले भजन किर्तन र पूजापाठ सबै बढ्ेको छ ।’ नेपाली कांगे्रस ७ नम्बर वडामा निर्वाचित भएपछि यो क्षेत्रलाई आवास योजना ल्याएर  व्यवस्थित गरेकोमा पाँच प्रतिशत जग्गा काटिएको उनले बताए । उनले व्यवस्थित गरेको ५ प्रतिशत जग्गामा खुल्ला क्षेत्र कायम हुनुपर्ने पनि बताए । उद्यान उद्घाटन गर्न पुगेका सांसद गगन थापालाई उक्त क्षेत्रको जग्गा अतिक्रमण भएको गुनासो गर्दै चाँडो फिर्ता गर्ने वातावरण बनाउन माग समेत गरे । ‘पन्चवर्षीय कार्ययोजनामा रहेको वातावरण, सम्पदा, स्वस्थ्य शिक्षालगायत अरु विकास निमार्णका कामहरु गरिरहेका छौँ  । कांगे्रस वडामा निर्वाचित भएपछि यस क्षेत्रलाई आवास योजना ल्याएर व्यवस्थित गरेका थियौँ । पाँच प्रतिशत जग्गा काटिएको थियो र खुल्ला क्षेत्र कायम हुनुपर्ने थियो । खुल्ला क्षेत्र मिसिंदै ६ रोपनी न्यूनतम हुनुपर्नेमा तीन रोपनी पनि छैन । सांसदबाट पनि जग्गा फिर्ता होस् भन्ने माग गरेका छौँ’ उनले भने  ।  
बागमती मुख्‍य समाचार विशेष समाचार

शिक्षक महांसघको चेतावनी ः दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ 

काठमाडौं । नेपाल शिक्षक महांसघले जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यालय अगाडि धर्ना दिंदै ध्यानाकर्षण पत्र बुझाएको छ  । सोमबार महांसघले विद्यालय शिक्षा विधेयकमा विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै जसपा कार्यालय अगाडि धर्ना गर्दै ध्यानाकर्षणपत्र बुझाएको हो । उनीहरुले भदौ ११ देखि निरन्तर रुपमा राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लाहरूमा दुई घण्टे धर्ना दिइरहेका छन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा विधेयक प्रतिनिधि सभामा दर्ता हुँदा केही र महत्वपूर्ण विषयहरु छुटेका कारण धर्ना गरेको बताएका छन् । उनले उल्टो दिशामा हिँडेको विषय सुल्टो दिशामा ल्याउनका लागि र छुटेको विषयलाई समावेश गराएर ऐन जारी गर्न दबाब दिन आन्दोलनका कार्यक्रम जारी राखेको जानकारी दिए । उनले पहिलो चरणको कार्र्यक्रम सकिएपछि दोस्रो चरणको कार्यक्रम अवरोधात्मक र कडा खालको हुने दाबी गरे । ‘कार्यक्रम २० गते सम्म जारी रहन्छ । त्यसपछि दोस्रो चरणका कार्यक्रमहरु सार्वजनिक गर्नेछौं । दोस्रो चरणका कार्यक्रमहरु अलि अवरोधात्मक र कडा खालका हुन्छन् । हाल धर्ना गर्नुको कारण समितिबाट शिक्षा विधेयकमा प्रतिनिधि सभामा दर्ता हुँदै गर्दाखेर केही विषयहरु सम्बोधन भए तर महत्वपूर्ण विषयहरु छुटेका छन् । केही महत्वपूर्ण विषयहरु उल्टो दिशामा गएको छ । उल्टो दिशामा हिँडेको विषय सुल्टो दिशामा ल्याउनको लागि र छुटेको विषयलाई समावेश गराएर ऐन जारी गर्न प्रतिनिधि सभा र राष्ट्रिय सभामा काम हुन बाँकी छ  । दुवै सभामा छुटेका विषयलाई समवेशी गराएर अग्रगामी ऐन जारी गराउन धर्ना आयोजना गरिएको हो,’उनले भने  । आन्दोलनकै अगुवा नानु मैया पराजुलीले यसअघि २९ दिनको आन्दोलनमा शिक्षा विधेयकमाथि छलफल अगाडि बढेको भएपनि उपसमितिमा बुझाएको प्रतिवेदनप्रति सन्तुष्ट हुन नसकेकाले पहिलो चरणको कार्यक्रम गर्नुपरेको बताइन् ।  
बागमती मुख्‍य समाचार समाचार

एससीओ शिखर सम्मेलनपछि मोदी र पुटिन एउटै गाडीमा अमेरिकी शुल्कबारे...

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनपछि तिआनजिनमा भएको...
बागमती मुख्‍य समाचार विशेष समाचार

प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । सोमबार शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका  प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । आजै प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन् । चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने छन् ।    
बागमती मुख्‍य समाचार समाचार

निजी विद्यालयहरुको बस र्याली सुरु

काठमाडौं । शिक्षा विधेयकमा कतिपय प्रावधानहरू निजी विद्यालय हित विपरित रहेको भन्दै देशभरका निजी विद्यालयहरुले आज बस ¥याली गरेका छन्...
बागमती मनोरन्जन मुख्‍य समाचार

चलचित्र ‘बलिदान’ अमेरिकाको एएमसी सिनेमा चेनका २०० भन्दा बढी हलमा...

काठमाडौं । यस वर्षको दसैँको फूलपातीको दिन रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’ ले अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको लागि इतिहास रचेको...
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प, लगातार पराकम्प अनुभव

काठमाडौं । अफगानिस्तानमा सोमबार बिहान ६.३रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार भूकम्प...
अर्थ बागमती मुख्‍य समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको छ । जसनुसार आज अमेरिकी डलर...
बागमती मुख्‍य समाचार समाचार

आजको मौसमःयी स्थानमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(सोमबार)देशभरको मौसम साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश,...
बागमती मुख्‍य समाचार समाचार

यी जिल्लामा भारी वर्षा,सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका वभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा भएको र हुने क्रम जारी रहेकाले सतर्कता...
बागमती मुख्‍य समाचार समाचार

‘नेपाल आइडल’ सिजन–६ को उपाधि सिन्धुपाल्चोककी गंगालाई

काठमाडौं । ‘नेपाल आइडल’ सिजन–६ को उपाधि गंगा सोनामले जितेकी छिन् । गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन–६ कोसम्पन्न ग्राण्ड...
बागमती मुख्‍य समाचार समाचार

हेटौंडा मास्टर चोकको जेब्रा क्रसिङमै खाल्टो, दुर्घटनाको उच्च जोखिम

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–९ मास्टर चोकस्थित पूर्व–पश्चिम राजमार्गको जेब्रा क्रसिङमै ठूलो खाल्टो परेको छ। पैदलयात्री आवागमन गर्ने प्रमुख स्थानमै खाल्टो...