२५ फाल्गुन २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार

वैदेशिक विभागद्वारा धरौटी अध्यावधिक गर्नेसम्बन्धी सूचना

काठमाडौँ, १९ कात्तिकः वैदेशिक रोजगार विभागले जेनजी प्रदर्शनका क्रममा भएको आगजनीका कारण जलेर नष्ट भएका धरौटी तथा बैंक ग्यारेन्टी रकमको...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सरकार निर्वाचन गराउने पक्षमा देखिँदैन ः पृथ्वीसुब्बा गुरुङ 

रामेछाप । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भदौ २३ र २४ को घटनालाई प्रतिगमन र प्रतिक्रान्तिकारी कदम भनेका छन् । प्रेस चौतारी नेपाल ओखलढुङ्गाले बुधबार ओखलढुङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई पनि असंवैधानिक सरकार भएको बताए । ‘असंवैधानिक रूपमा बनेको सरकारले निर्वाचन गर्ने ६ महिनाको म्यानडेट पाएको भए पनि निर्वाचन गराउने पक्षमा देखिँदैन, किनभने मुलुकको ठुलो राजनीतिक दलको नेतालाई स्थानहद तोकेर, पक्राउपुर्जी जारी गरेर मुलुकमा निर्वाचन हुन सक्दैन’, उनले भने । निर्वाचन हुने सम्भावना क्षीण हुँदै गएको र संविधान संकटमा परेकोले नेकपा एमालेले संसद् पुनस्र्थापनाको माग गरेको गुरुङले बताए । ‘संसद् पुनस्र्थापना भयो भने धेरै कुरा लिकमा आउँछ, त्यसकारण संसद् पुनस्र्थापनाको मागलाई लिएर हामी सडकमा उत्रिन लागेका छौँ’, उनले भने । एमालेले जनताको बिचमा गएर संसद् पुनस्र्थापनाको मुद्दालाई स्थापित गराउन वडादेखि काठडौंसम्म विभिन्न भेला, जनपरिचालन, जनसभा लगायतका कार्यक्रम गर्न लागेको उनले जानकारी दिए । यदि अदालतले निर्वाचनमा जाने फैसला ग¥यो भने त्यसलाई पनि एमालेले उपयोग गर्ने गुरुङले सुनाए । गुरुङले अहिलेको सत्तापलट जेनजीले नगरेको पनि दाबी गरे । जेनजीको नाममा पश्चिमा शक्ति तथा छिमेकका शक्ति लागेर सरकार अपदस्त र संसद् विगठन गराइएको उनले बताए । नेपालको सुरक्षा संयन्त्रलाई नै निकम्मा बनाएर देश जलाउने काम गरिएको उनको भनाइ छ । ‘राज्यका यी अङ्गको देशलाई बचाउने कुरा, संविधान बचाउने कुरामा जे भूमिका हुनुपथ्र्यो त्यो भएन’, उनले भने । नेकपा एमालेका अध्यक्ष केपी ओलीको राष्ट्रियता प्रति जे अडान थियो त्यसलाई भत्काउन भदौ २३ र २४ को घटना घटाइएको उनले बताए । आफ्नो स्वार्थ अनुकूलको सरकार बनाउने योजना अनुसार केपी ओली नेतृत्वको सरकार ढाल्न २३ र २४ को घटना गराइएको गुरुङको भनाइ छ । ‘सबै प्लानिङका साथ बदला लिने काम भएको हो’, उनले भने ।  
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

काठमाडौँ, १९ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता...
बागमती मुख्‍य समाचार समाचार

वन्यजन्तु चोरीशिकारीका तस्कर कारागार नफर्किंदा संरक्षणमा चुनौती

चितवन, १९ कात्तिकः कारागार कार्यालय भरतपुरबाट भागेका वन्यजन्तु अपराधका १६ जना कैदीबन्दी हालसम्म फर्किएका छैनन् । तीमध्ये १२ जना दुर्लभ...
बागमती मुख्‍य समाचार समाचार

काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, चालक किसिम राईको जलेर मृत्यु

रामेछाप । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ कोदारी सडकखण्डमा आज बिहान भएको टिपर दुर्घटनामा चालक किसिम राईको जलेर मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बा ५ ख ४०७२ नम्बरको टिपर सडकबाट करिब १५० मिटर तल भिरमा खस्दा आगलागी भएको थियो । आगोले पुरै टिपर जले पछि चालक मण्डनदेउपुर नगरपालिका–७ झगारपुरका २८ वर्षीय किसिम राईको घटनास्थलमै मृत्यु भएको हो । टिपरका सहचालक सोही स्थानका २२ वर्षीय बिक्रम राई गम्भीर घाइते भएका छन् । शरीरका विभिन्न भागमा डढेका बिक्रमलाई स्थानीयले उद्धार गरी तत्काल धुलिखेल अस्पताल पु¥याएका थिए । प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । मृतक राईको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ । दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।  
बागमती मुख्‍य समाचार राजनीति

जेनजी आन्दोलनको सम्पूर्ण जिम्मेवारी राजनीतिक दलले लिनुपर्छ : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले जेनजी आन्दोलनका सबै घटनाको जिम्मेवारी राजनीतिक दलले नै लिनुपर्ने...
बागमती मुख्‍य समाचार राजनीति

नेतृत्व परिवर्तन नहुने हो भने कांग्रेसप्रति आकर्षण बढ्नसक्दैनः प्रदिप पौडेल

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता प्रदिप पौडेलले पार्टीको नेतृत्व यथावत राखेर कांग्रेस पार्टीप्रति आकर्षण बढ्न नसक्ने उल्लेख गरेका छन् ।...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौँ, १९ कात्तिकः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन् । काठमाडौँ उपत्यकाको...
बागमती मुख्‍य समाचार राजनीति समाचार

ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ओरालो लागेकाहरूको एकताले निकास दिन नसक्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिएको बताउँदै यसले निकास दिन नसक्ने निष्कर्ष बताए । नेकपा एकीकृत समाजवादी पार्टीले पछिल्लोपटक पार्टीले नेकपा माओवादी केन्द्र सँग पार्टी एकता गर्न लागेको प्रति आपत्ति जनाउँदै उनले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाउँदा समाजवादको जिम्मेवारी आफूहरूले लिएको जिम्माको स्मरण गर्दै अहिले त्यो उद्देश्य कहाँ पुग्यो भन्दै प्रश्न गरे । ‘संकटमोचन गर्ने फर्मुला जुन तयार भएको छ । यो गलत छ कमजोरहरू, ओरालो लागेकाको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिँदैन ।  जो आफैं ओरालो हिँड्दैछन् । त्यसले निकास दिँदैन । नेकपा एकीकृत समाजवादी र नेकपा एमाले विद्रोह गरेर छुट्टिएको थियो । विभाजित हुँदा समयले हाम्रो काँधमा समाजवादको जिम्मा दियो भनेका थियौं । त्यो के भयो ?,’उनले भने नेता भुसालले तथाकथित एकताको भ्रममा नपर्न भन्दै  नेकपा एकीकृत समाजवादीको आ–आफ्नै हैसियतमा धैर्यताका साथ रहन र क्रान्तिकारी विकल्प निर्माणबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीका सम्पूर्ण पार्टी कमिटी, जनसङ्गठन, विभाग र आयोगका सदस्यहरूलाई हामी आह्वान समेत गरेका छन् । उनले आगामी मङ्सिर पहिलो हप्ता आयोजना गरिने राष्ट्रिय भेलाको तयारीमा लाग्न सबैलाई अनुरोध गरेका छन् । ‘त्यस भेलाबाट आगामी कार्यभार र कार्य योजना निर्माण गरिने छ । हामीले क्रान्तिकारी पुनर्गठनका लागि लिएको यस पहलकदमीलाई आफ्ना अमूल्य सुझाव, सल्लाह दिन सबै विभिन्न राजनीतिक दल, पेसा वा क्षेत्रमा रहेका देशभित्र वा बाहिर रहेका देशभक्त, लोकतन्त्रवादी, प्रगतिशील, वामपन्थी तथा कम्युनिष्टहरुलाई हार्दिक आह्वान गर्दछौँ,’ उनले भने ।        
बागमती मुख्‍य समाचार राजनीति समाचार

जेनजी विद्रोहले लोकतान्त्रिक प्रणाली माथि प्रश्न उठाएको छ : नेतृ...

काठमाडौं । नेकपा एसकी नेतृ राम कुमारी झाँक्रीले  जेनजी विद्रोहले  लोकतान्त्रिक प्रणाली माथि प्रश्न उठाएको बताएकी छिन् । बुधबार काठमाडौं...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी विद्रोह वर्षौंदेखि चलेको कुशासनको परिणाम होः गणेश कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय समिति सदस्य गणेश कार्कीले भदौ २३ र २४ गतेको घटना बर्षौदेखि चलि आएको कुशासनको नतिजा भएको बताएका छन् । बुधबार राष्ट्रिय एकताको लागि नागरिक पहलको आयोजनामा भएको राष्ट्रहित सर्वोपरि सम्मेलन २०८२ मा जेनजी विद्रोहको जरो विषयक बहसमा उनले कुशासन र सत्तामा बस्ने सिन्डिकेटले बनिरहेको एउटा बारुदलाई नेपो बेबी र सामाजिक सञ्जाल बन्दले झिल्को दिने काम गरेको भन्दै यो विद्रोह वर्षौदेखि भएको कुशासनको नतिजा भएको बताए । उनले भने, ‘यो सबै घटना कुशासनले भएको हो । यदि सुशासन हुने हो भने यो केही पनि हुने थिएन् । त्यसकारण यो घटनाको पछाडी को छ भनेर खोजि रहनु भन्दा पनि जसले राज्य चलाई रहेका थिए, जसले सत्तामा बस्नको लागि सिन्डकेट चलाई रहेका थिए त्यो कारणले आएको हो । बारुद आफैले बनाएर बोकेर हिन्ने हो भने झिल्को त कता कताबाट आइ नै हाल्छ । अहिले नेपो बेबी, सामाजिक सञ्जाल बन्दको कुरा झिल्कोको रुपमा देखिएको मात्र हो, यदि यो नभएको भए कुनै दिन अरु कुनै झिल्को देखिन्थ्यो ।’ यस्तै, उनले जेनजी विद्रोहभन्दा सानो विद्रोह सरकारले नसुन्ने अवस्था आएको भन्दै भदौ २३ गतेको घटनापछि पनि सरकार अरुलाई दोष लगाएर आफू पन्छिननै व्यस्त रहेको बताए । उनले भने, ‘जुन जेनजी विद्रोह भयो त्यो भन्दा सानो विद्रोह त सरकारले सुन्दा पनि सुन्दैँन् थियो होला, भदौ २३ गते त्यती धेरै मान्छे ढालेर पनि त्यही सरकार होईन बेल्का हामीबाट केही गल्ती नै भएको छैन् भन्दै अरु माथि गल्ती थोपर्ने । त्यही भएर को हो के हो भनेर जानु भन्दा पनि हामीले जुन सुशासनको संयन्त्रहरु कमजोर बनाउदैँ गयौं, जुन कुराले लोकतन्त्रलाई बलियो बनाउथ्यो त्यसलाई पाखा लगाउदैँ गयौं ।’ लाभहानीको बारे नसोचि सबै विचार मिल्ने पार्टीहरु एकै ठाँउमा जान मिल्ने भन्दै तर पार्टी एकता गर्दा को तल बस्ने को माथि बस्ने भन्ने होईन की मिलेर कसरी अगाडि बढ्ने भन्ने कुरा मुख्य हुनुपर्ने पनि उनको भनाई छ  । उनले भने, ‘विचार मिल्नेहरु सबै एक ठाँउमा आउ, हामी सबैको विचार एउटै छ भने पदका कारण, केही व्यक्तिगत लाभहानी कसको फोटोमा कसको अनुहार देखिन्छ भन्ने कुराले हामी पछाडी नपरौं एकै ठाँउमा आउ भन्ने कुरा हो । कुन मुद्धामा विचार मिल्छ भन्ने कुरा पनि हो । त्यो भन्नाले संघीयता, गणतन्त्र र लोकतन्त्र मान्ने सबै पार्टीको सोच हो तर त्यो भन्दैमा फेरि एउटै देश एउटै भेष भनेको जस्तो पनि होईन् । सबै एउटा पार्टी बन्ने भन्ने हुदैँन् । पार्टी मिसिने कुरामा को तल बस्ने को माथि बस्ने भन्ने होईन की मिलेर कसरी अगाडि बढ्ने भन्ने हो ।’ साथै,...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बारम्बार आन्दोलन र संक्रमणकालीन अवस्था मुलुकको स्थिरतामा बाधक : पूर्वप्रधान...

काठमाडौं । पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा सधैंभरी आन्दोलन भइरहँदा संक्रमणकालीन अवस्थाबाट गुज्रिनु पर्ने बताएका छन् । बुधबार ललितपुरमा राष्ट्रय...