२७ फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेपाल ट्रेड युनियन कांग्रेस नियमित महाधिवेशनका पक्षमा

काठमाडौं । नेपाल टे«ड युनियन काँगे्रसले श्रमिकका आन्दोलन र जेनजी पुस्ताहरुको मागलाई सम्बोधन गर्दै तत्काल अघि बढ्नसरकारलाई अनुरोध गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै युनियनले १३ बुँदे माग गर्दै निकट भविष्यमा हुन गइरहेको राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनमा जेनजी आन्दोलनको भावना अनिवार्य रुपमा नव युवा समूह र श्रमिकहरुको प्रतिनिधित्व हुनेगरी कानुनी व्यवस्था गर्न समेत माग गरेको छ । ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले डिजिटलाईजेशन, सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी प्रबद्र्धन, नातावाद तथा बेथितिको अन्त्य गर्न युनियनले यसअघि नै पटक पटक माग उठाउँदै आएको भएपनि तत्कालीन अवस्थामा सरकारले नसुनेको बताए । तर हाल नव युवाहरु विभिन्न मागहरुसहित प्रदर्शनमा आएका कारण राजनीतिक परिदृश्य परिवर्तन भएकाले अब ति मुद्दाहरुलाई सम्बोधन गर्नेगरी तत्काल अघि बढ्न उनले अनुरोध गरे । महासचिव राईले आगामी निर्वाचनमा स्वदेश तथा विदेशमा कार्यरत श्रमिकहरुले आफ्नो कार्यस्थलबाट नै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगलाई विशेष ध्यानाकर्षण समेत गराए । त्यस्तै नेपालको संविधानको धारा ४२ (क) को मर्म अनुरुप नव युवा तथा श्रमिकहरुलाई पनि समावेशी स्वरुप संसदीयलगायत सबै प्रकृतिको निर्वाचनहरुमा बेग्लै क्लष्टर बनाउन सम्बन्धित सरकार र निर्वाचन आयोगमा अनुरोध गर्ने निर्णय भएको पनि सुनाए । नेपाली काँग्रेस निकट ट्रेड युनियन कांग्रेसले नियमित महाधिवेशनका पक्षमा जोड दिएको छ । संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘वर्तमान कार्य समितिको पदावधिको समय यही २०८२ मंसिर भित्र मात्र रहेको र आगामी महाधिवेशनको मितिलाई लिएर नेपाली काँग्रेसको लामो समयदेखी चलिरहेको निरन्तरको बैठकप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई सशक्त बनाउन नयाँ नीति र ताजा नेतृत्व सहित सहभागी हुनु बुद्धिमानी हुन्छ भन्ने हाम्रो ठहर छ । त्यसर्थ महासंघ आम निर्वाचनपूर्व एकिकृत रुपमा सहमतीका साथ विधानका साथै संविधानको मुलमर्म अनुसार सबै वर्गहरुको सहभागिता हुने गरी यथाशिघ्र महाधिवेशन गर्ने निर्णय लिन  नेपाली काँग्रेसको केन्द्रीय समितिलाई आव्हान गर्दछ । नेपाली कांगे्रसको निर्णय विहिनताले मुलुक पनि दिशाविहीन भएको समेत महासंघको ठहर रहेको छ ।’ त्यस्तै कांगे्रसको विशेष जिम्मेवारीमा रहेका शीर्ष नेतृत्वहरु बाहेक प्रत्यक्ष तथा समानुपातिकतर्फ दुई पटक भन्दा बढि संसदीय प्रतिनिधिको रुपमा अवसर पाइसकेकाहरुलाई संगठनको जिम्मेवारी दिई दोहोरो जिम्मेवारी नहुनेगरी युवा, महिला र श्रमिक वर्ग समेत समावेशी रुपमा समेट्ने गरी उम्मेद्वारहरु तय गर्ने नीति लिन समेत अनुरोध गरेको छ । कार्तिक २१ र २२ गते काठमाडौंमा सम्पन्न महासंघको राष्ट्रिय कार्य समितिको बैठकले गरेका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष योगेन्द्र कुमार कुँवरले पनि सम्बोधन गरेका थिए ।   पे्रस विज्ञप्ति   मिति ः २०८२ कात्तिक २४ आदरणीय पत्रकार मित्रहरु, नेपाल टे«ड युनियन काँगे्रस लामो समय देखि श्रमिक आन्दोलनमा अनवरत क्रियाशील एक ऐतिहासिक प्रजातान्त्रिक श्रमिक संगठन रहेको यहाँहरुलाई विदितै छ । यस महासंघभित्र क्षेत्रगत आधारमा सार्वजनिक,...
बागमती मुख्‍य समाचार समाचार

मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल

काठमाडौँ, २४ कात्तिकः मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिबीच आज पुनः छलफल भएको...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जाने : कांग्रेस नेता यादव

जनकपुरधाम, २४ कात्तिकः नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णाप्रसाद यादवले मुख्यमन्त्री नियुक्ति प्रक्रिया गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

एआईलाई सरकारको सारथी र जनताको उद्देश्य प्राप्तीका लागि प्रयोग गरौं...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एइआईका कुरालाई आत्मासाथ गरेर अगाडि बढ्न सकेमा सुशासन कायम गर्न र भ्रष्टाचार...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा....

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा भएका समस्याहरु क्रमश सुधार गर्दै जाने प्रयासमा रहेको बताएकी छन्...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सिल्भर भोलेन्टियर कार्यक्रमका लागि ६५ जना छनोट

काठमाडौँ, २४ कात्तिक : काठमाडौँ महानगरपालिकाले थालनी गर्न लागेको सिल्भर भोलेन्टियर कार्यक्रमका लागि ६५ जना छनोट भएका छन् । सहरी...
बागमती मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह

काठमाडौँ, २४ कात्तिकः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले औचित्य नरहेको बताएका...
बागमती मुख्‍य समाचार समाचार

सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री

काठमाडौं  । सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको दाबी गरेका छन्...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग

काठमाडौँ, २४ कात्तिक : निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गरी आयोगका पूर्वपदाधिकारी र पूर्वसचिवसँग परामर्श गरेको छ...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी

काठमाडौँ, २४ कात्तिकः सरकारले काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान गरेसँगै यात्रुमा खुसी छाएको छ । गुल्मी जानका लागि...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

धरानका मेयरले हर्क साम्पाङ द्वारा दुर्गा प्रसाईंलाई ढुंगा बोक्न निम्ता

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले दुर्गा प्रसाईंलाई ढुंगा बोक्न बोलाएका छन् । सोमबार सामाजिक सन्जाल फेसबुक मार्फत उनले प्रसाईंलाई ढुंगा बोक्न निम्ता दिएका हुन् । उनले माटोले रगत होइन पसिना मागेको हो भन्दै प्रसाईंलाई मिलेर देश बनाँउ भन्दै बोलाएका हुन् । मेयर साम्पाङ लेख्छन्, ‘दुर्गा प्रसाईं जी…अब यो देशमा आन्दोलन होइन श्रम संस्कृतिको खाँचो छ । माटोले रगत होइन पसिना मागेको छ । म त हरघडि माटोसँग बात मार्छु । तपाई पनि ढुगां बोक्न आउनु है । मिलेर देश बनाऔँ,’ ।