१० माघ २०८२, शनिबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राप्रपा मकवानपुरको जिल्ला अधिवेशन मङ्सिरमा, दुवै क्षेत्रमा बहुमत ल्याउने तयारी

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले मङ्सिरको पहिलो या दोस्रो हप्तामा जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । अधिवेशनमा...
अर्थ बागमती मुख्‍य समाचार समाचार

राजस्व बक्यौता उठाउन एसएमएस

चितवन, २४ कात्तिक : आन्तरिक राजस्व कार्यालय भरतपुरमा ५ हजार ७१५ ग्राहकको बक्यौता उठाउन बाँकी रहेको छ । उनीहरूबाट रु...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचनको वातावरण बन्न सकेको छैन् ः एमाले नेता

काठमाडौं ।  नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले भदौ २३ र २४ गतेको घटनाको राज खुल्दै गएको बताएका छन्  । नेकपा एमाले वाग्मती प्रदेश कमिटीले प्रदेश अन्तर्गतका १ सय १९ पालिका इञ्चार्जसँग आयोजना गरेको जुम बैठकलाई आइतबार साँझ सम्बोधन गर्दै भट्टराईले सो घटना बाह्य शक्तिको कारण भएको तथ्य खुल्दै गएको बताए । ‘सत्य धेरै समय लुक्दैन, वास्तविकता बाहिर आउँदैछ’, उनले भने  । भट्टराईले सरकारको व्यवहार र सुरक्षा व्यवस्थाको कारण तोकिएको समयमा निर्वाचन हुन नसक्ने उनले बताए  । यस्तो प्रतिकूल र चुनावको वातावरण भइनसकेको अवस्थामा चुनाव हुन्छ भनेर कुरेर बस्नुको अर्थ अहिलेको सरकारको म्याद थप्ने र थप अस्थिरता बढाउने कुरा मात्र हुने उनको धारणा छ । त्यसैले संसद् पुनस्र्थापना गरी संविधान संशोधन गरेर संविधानसम्मत रूपमा सरकार गठन गरेर अघि बढ्नु पर्ने उनको राय छ । ‘निर्वाचन २०८४ मै हुनुपर्छ भन्ने होइन तर संविधानलाई ठिक बाटोमा ल्याउन संसद् पुनस्र्थापना गर्नुपर्छ भन्ने हाम्रो धारणा हो’, भट्टराईले भने  । त्यस्तै कार्यक्रममा बोल्दै वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले अहिलेको सरकार वैधानिक सरकार नभएको बताए  । त्यसैले यो सरकारलाई हटाउन नेकपा एमालेले सडक सङ्घर्ष सुरु गरेको उनले जानकारी दिए । यो सरकारलाई हटाएर संसद् पुनस्र्थापना गरी संसद् र संविधान भित्रैबाट सरकार बन्नु पर्नेमा ढुङ्गेलले जोड दिए । ढुङ्गेलले एमालेले गाउँदेखि सहरसम्म योजनाबद्ध विरोध र जनपरिचालनका कार्यक्रम घोषणा गरेको जानकारी दिए । सो अभियानमा सक्रिय सहभागिता जनाउन उनले पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । ढुङ्गेलले अहिले राज्यको मुख्य प्रशासनिक भवन, संसद् भवन तथा न्यायपालिकाका साथै राजनीतिक दल र व्यक्तिका घर समेत ध्वस्त बनाइएको बताए  । यो कालो इतिहास लेख्ने कामको एमालेले भत्र्सना गर्ने ढुङ्गेलले बताएका छन्  । उनले अहिलेको सरकार दुईचार जनाले अँध्यारो कोठामा बसेर बनाएको सरकार भएकोे बताए । लाखौँ भोट लाएको प्रधानमन्त्रीलाई हटाएर अँध्यारो कोठा भित्रबाट बनाइएको सरकार हटाउन एमालेले जनपरिचालनको कार्यक्रम ल्याएको ढुङ्गेलले स्पष्ट पारे । बैठकमा पालिका कमिटीका इञ्चार्जहरूले स्थानीय बस्तुस्थिति बारे जानकारी गराए  । केही समय समस्या भए पनि अहिले पार्टी प्रतिको आकर्षण र उत्साह पुनः बढ्दै गएको पनि सुनाए  । पार्टी केन्द्रको निर्देशन अनुसार वडास्तरका विभिन्न कार्यक्रम भएको बताउँदै पालिका र जिल्लास्तरको जनपरिचालनको तयारीमा लागेको बताएका छन्  ।  
बागमती मुख्‍य समाचार समाचार

सोमबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुन २ हजार ९ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ४१  हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले चाँदीको मूल्य बढेको  हो । आइतबार  ३ हजार १५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार ६५ रुपैयाँमा कारोवार भइरहेको छ ।  
बागमती मुख्‍य समाचार समाचार समाज

समाजसेवी चुकेद्वारा रु एक करोड बराबरको जग्गा लायन्स क्लवलाई दान

चितवन, २४ कात्तिकः लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आरले समाजसेवी बालगोपाल चुकेले दान दिएको जग्गामा नयाँ भवन बनाउने भएको छ...
बागमती मुख्‍य समाचार राजनीति समाचार

निर्वाचनअघि पार्टीको अधिवेशन : कांग्रेस महामन्त्री थापा

काठमाडौँ, २४ कात्तिकः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउने बताएका छन् ।...
बागमती मुख्‍य समाचार समाचार

भक्तपुरमा केन्द्रीय गोदामघर तयार

काठमाडौँ, २४ कात्तिक : नेपाल रेडक्रस सोसाइटीले चिनियाँ रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा भक्तपुरमा केन्द्रीय गोदामघर निर्माण गरेको छ । करिव...
बागमती मुख्‍य समाचार समाचार

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता

काठमाडौँ, २४ कात्तिकः तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको छ...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

गणेशमान सिंहले नेपालीलाई रैतीबाट अधिकार सम्पन्न नागरिक बनाउनुभयो : प्रकाशमान...

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनको...
बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया

काठमाडौँ, २४ कात्तिक ः अब्बल अभिनेताका रुपमा परिचित कामेश्वर चौरासियाले कलाकारिता सुरू गर्नुभएको झण्डै सत्र वर्षपछि मुख्य भूमिकामा देखिनुहुने भएको...
बागमती मुख्‍य समाचार समाचार समाज

मौसम पूर्वानुमान : आज यी दुई प्रदेशमा हल्का वर्षा र...

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

अब १० लाखसम्मको औषधि खरिदमा पनि अनिवार्य बोलपत्र

हेटौंडा । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका स्वास्थ्य संस्थामा भइरहेको औषधि तथा स्वास्थ्य सामग्री खरिदसम्बन्धी अनियमितता रोक्न कडा कदम...