१ कार्तिक २०८३, शनिबार

रातो कागज

About Author

23363

Articles Published
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

निर्वाचनमार्फत निकास दिलाउन दृढ छौँः गृहमन्त्री अर्याल

काठमाडौँ, २३ कात्तिकः गृहमन्त्री ओमप्रकाश अर्यालले पाइलैपिच्छे सुशासनको बाटोमा हिँडेर देशलाई निर्वाचन मार्फत निकास दिलाउन वर्तमान सरकार दृढताका साथ अघि...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राष्ट्रपति पौडेलबाट एनटिभी वर्ल्ड को शुभारम्भ

काठमाडौँ, २३ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण पिएसबी नेपालले स्थापनाको प्रथम वार्षिकोत्वसका अवसरमा एनटिभी वर्ल्डको औपचारिक शुभारम्भ गरेका...
बागमती मुख्‍य समाचार समाचार समाज

काठमाडौंमा थारू महिलाले मनाए समाचकेवा

काठमाडौं । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारू समुदायले समाचकेवा पर्व मनाएका छन् । शनिबार थारु महिला समाज उपत्यका...
बागमती मुख्‍य समाचार समाचार

यलुङ रि हिमाल आरोहणमा हराएकाको खोजीकार्य स्थगित, पाँच जना अझै बेपत्ता

रामेछाप । दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणका क्रममा गत सोमबार परेको हिमपहिरोमा बेपत्ता भएका आरोहीहरूको खोजीकार्य स्थगित गरिएको छ । बेपत्ता सातजनामध्ये दुई जनाको मात्र शव फेला परेको छ भने बाँकी पाँच जनाको अवस्था अझै अज्ञात रहेको छ । खोज तथा उद्धार टोलीका कमाण्डर पासाङ किदर शेर्पाका अनुसार अब हिउँ निकै कडा भएको र त्यसलाई खन्न असम्भव देखिएकाले हाललाई खोजीकार्य स्थगित गर्ने निर्णय गरिएको हो । दुई नेपालीसहित पाँच जना हिमपहिरोमा पुरिएर हराइरहेका छन्, अब उनीहरु जिवित रहने सम्भावना छैन । खोजीको क्रममा भेटिएका दुई शवमध्ये एक फ्रान्सका मेनफेडी क्रिस्टिना एन्ड्रे र अर्को इटलीका पाउलो कोको रहेको पुष्टि भएको छ । हराएकाको यो सिजनमा खोजी सम्भव नभएको उद्धार टोलीले जनाएको छ । गत कात्तिक ११ गते दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रोल्वालिङ क्षेत्रमा पर्ने ५ हजार ६ सय ३० मिटर उचाइको यलुङ रि हिमाल आरोहणका लागि गाइड र आरोही गरी १५ जनाको समूह पुगेको थियो । कात्तिक १७ गते बिहान ४ बजे बेसक्याम्पबाट चुचुरोतर्फ प्रस्थान गरेका उनीहरू करिब ८ बजे शिखर नजिकै पुग्दा आकस्मिक हिमपहिरोमा परेका थिए । सोही दिनदेखि हराएका सात जनामध्ये मंगलबारबाट सुरु गरिएको खोज तथा उद्धार अभियानले आठ जनाको सकुशल उद्धार गरेको थियो ।  खोजीका क्रममा दुई विदेशीको शव फेला पारिएको भए पनि पाँच जनाको अवस्था अझै अज्ञात छ । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनबाट पासाङ किदर शेर्पा, रितन जाङ्बु शेर्पा, छिरिङ सोनाम लामा, पासाङ तेन्वा शेर्पा, ड्रिम डेस्टिनेसनका फुर्वा तेन्जी शेर्पा, र सिम्रिक एयरका दुई विदेशीसहित नौं सदस्यीय टोली खोजीका लागि खटिएको थियो । दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोका अनुसार खोजी टोलीले कठिन मौसमका कारण अहिले खोज कार्य स्थगित हुने निर्णय गरेको छ । यो सिजनमा खोजी सम्भव नदेखिएकाले टोली फर्कन लागेको उनले जानकारी  दिए । खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली समेत सहभागी थियो । तर, भीषण हिमपात र उच्च जोखिमका कारण ती टोलीहरू पनि घटनास्थलसम्म पुग्न कठिनाइ भएको थियो । सुरक्षा टोली गाउँसम्म पुग्न सकेपनि त्यसभन्दा माथिल्लो क्षेत्रमा बाक्लो हिमपातका कारण टोली अघि बढ्न सकेन । गौरीशङ्कर संरक्षण क्षेत्रअन्तर्गत पर्ने यो हिमाल आरोहणका लागि पछिल्ला वर्षमा विदेशी आरोहीहरू आकर्षित हुँदै आएका छन् । तर, यलुङ रि क्षेत्र हाल भारी हिमपात र अस्थिर मौसमका कारण अति जोखिमपूर्ण मानिन्छ ।
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु : मन्त्री...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारबाट मन्त्री बनेपछि आफ्नो संसार साँघुरिएको महशुस भएको बताएका छन् । आइतबार...
बागमती मुख्‍य समाचार समाचार

आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्यरुपमा घटेको छ । आज सुन २ सयले घटेको हो । नेपाल सुनचाँदी...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

केपी ओलीले अब विश्राम लिनुपर्छ ः कर्ण थापा

काठमाडौं । नेकपा एमाले स्थायी समिति सदस्य तथा संघीय मामिला विभाग प्रमुख कर्ण थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट विश्राम लिन सुझाव दिएका छन् । नेपाल न्यूज बैंकको विशेष कुराकानीमा थापाले पार्टी अध्यक्ष ओलीले अब सम्मानपूर्वक विश्राम लिनुपर्ने स्पष्ट धारणा राखेका हुन् । ‘जुनसुकै महाधिवेशनको अन्तिम निर्णय गर्ने हक महाधिवेशनका प्रतिनिधिहरूकै हुन्छ । यस पटकको महाधिवेशन स्वस्थ प्रतिस्पर्धाको हुनेछ । हामी प्रतिस्पर्धा गर्छौं, तर मेरो मत के छ भने ओलीजीले अब बिश्राम लिएर अभिभावकको भूमिका निर्वाह गर्नु राम्रो हुन्छ ।’ थापाका अनुसार, ओलीले दुईपटक पार्टीको अध्यक्ष र चारपटक देशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उहाँ अहिले ७४ वर्ष पुगिसक्नुभएकाले नेतृत्वबाट विश्राम लिनु नै उपयुक्त हुन्छ । ‘अब उहाँले प्रतिस्पर्धामा उत्रिनुभन्दा पनि अनुभव र ज्ञानको आधारमा नयाँ पुस्तालाई मार्गदर्शन गर्नु नै पार्टी र उहाँको व्यक्तित्व दुवैका लागि उचित हुनेछ,’ थापाले भने । ओलीको योगदानको सम्मान, तर अब नयाँ युगको सुरुवात आवश्यक रहेको औंल्याउँदै थापाले ओलीको योगदानको प्रशंसा गरे । उनले भने,‘उहाँको राजनीतिक जीवन, संघर्ष र उपलब्धिहरूको हामी सम्मान गर्छौं । उहाँले जनताको बहुदलीय जनवादका सिद्धान्तहरूलाई व्याख्या गर्नुभयो, संगठनलाई सुदृढ बनाउनुभयो । तर अहिले उहाँ पार्टी जीवनको आन्तरिक लोकतान्त्रिक मूल्य र मान्यताबाट विमुख हुनुभयो । यो कुरा दुखद छ ।’ थापाका अनुसार, ओलीले अहिले पार्टीलाई सर्वसत्तावादी ढङ्गले सञ्चालन गर्ने प्रवृत्ति देखाएका छन् । ‘उहाँ आफैंलाई केन्द्रमा राखेर अरूका विचारलाई स्थान नदिने बाटोमा लाग्नुभयो । यस्तो प्रवृत्तिले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाउँछ, र पार्टीको सान्दर्भिकता नै घटाउँछ,’ उनले भने । कम्युनिस्ट आन्दोलनका ऐतिहासिक नेताहरूको उदाहरण थापाले नेपाली कम्युनिस्ट आन्दोलनका चार प्रमुख नेताहरूको सन्दर्भ दिँदै भने,‘नेपालका कम्युनिस्ट आन्दोलनका चार उचाइमा रहेका व्यक्ति हुन्—पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी र केपी ओली । पुष्पलाल पार्टीका संस्थापक भएकाले महान् नेता हुन । मनमोहन अधिकारी त्याग र सरल स्वभावका कारण नेता हुन् । मदन भण्डारी विचारका नेता हुन्, जसले जनताको बहुदलीय जनवादको सिद्धान्त ल्याए । र केपी ओली पार्टी सञ्चालनको विधि र लोकतान्त्रिकीकरणका पक्षधर नेता हुन् ।’ तर उनले जोड दिए,‘जब कुनै नेताले आफ्नै मूल विशेषता त्याग्छ, त्यही बेला उहाँको सान्दर्भिकता सकिन्छ । ओलीजीले अहिले आफ्नै विशेषता लोकतान्त्रिक नेतृत्व र सामूहिक निर्णयको संस्कृति त्याग्नुभएको छ ।’...
गण्डकी मुख्‍य समाचार समाचार समाज

फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

लेखनाथ कास्की, २३ कात्तिकः पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा पूजाआजा...
मुख्‍य समाचार लुम्बिनी समाचार

‘बर्फानी बाबा मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

नेपालगञ्ज बाँके, २३ कात्तिक : यहाँको राप्तीसोनारी–४ स्थित चुरे पहाडमा रहेको ‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुनथालेको छ...
गण्डकी मुख्‍य समाचार समाचार

इच्छाकामना क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पञ्चमी मेला

मुग्लिन चितवन, २३ कात्तिक: पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिर परिसरमा दुईदिने मेला लाग्ने भएको...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मासु निर्यात अभिवृद्धिका लागि राँगा–भैंसी प्रवद्र्धन कार्यविधि २०८२ तयार

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मासु निर्यात बढाउने उद्देश्यसहित ‘राँगा वा भैंसी प्रवद्र्धन कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८२’...
बागमती मुख्‍य समाचार समाचार

हेटौंडाको २५ मिटर सडक विस्तार ५० वर्षसम्म अधुरै

मकवानपुर ।  एसियन हाइवे अन्तर्गत हेटौंडा बजार क्षेत्रमा पर्ने सडक २५–२५ मिटरको विस्तार कार्य सुरु भएको ५० वर्ष बितिसक्दा पनि...