२३ चैत्र २०८२, सोमबार

रातो कागज

About Author

20938

Articles Published
बागमती मुख्‍य समाचार समाचार

बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा

हेटौंडा । चेपाङ समूदायको पहिचानसँग जोडिएको छोनाम(नुवागी) पर्वको अवसरमा आज(आइतबार)बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ । बागमती प्रदेश सरकारले चेपाङ समुदायको छोनामको अवसरमा प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत बिहीबार एक सूचना जारी गर्दै आज आइतबार चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिइएको जनाएको छ । बागमती प्रदेश मन्त्रिपरिषद्ले २०८१ चैत ९ गते प्रदेशको चेपाङबहुल जिल्ला मकवानपुर, चितवन र धादिङसहित तीन जिल्लामा प्रत्येक वर्ष भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरी प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो । बागमती प्रदेश सरकारले चेपाङको छोनाम पर्वको अवसरमा विगत दुई वर्षदेखि भदौ २२ गते सार्वजनिक बिदा दिँदै आएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सह–प्रवक्ता रविता कार्कीका अनुसार बागमती प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनाअनुसार उक्त बिदा दिने निर्णय गरिएको हो । चेपाङ समूदायको बाक्लो बसोबास भएका जिल्लाहरुमा नुवागी पर्वको अवसरमा बिदा दिइएको उनको भनाइ छ । चितवन जिल्लामा १८ हजार १ सय पुरुष र १७ हजार ५ सय ३७ महिला गरी ३५ हजार ६ सय ३७ चेपाङ बसोबास गर्छन् । त्यस्तै, मकवानपुरमा ११ हजार ९ सय ७२ पुरुष र ११ हजार ६ सय ७८ महिला गरी २३ हजार ६ सय ५० छन् । धादिङमा ८ हजार ६ सय ८७ पुरुष र ८ हजार ४ सय ७३ महिला गरी १७ हजार १ सय ६० जना चेपाङ बसोबास गरेका छन् । चेपाङ बहुल रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले भदौ २१, २२ र २३ गते तीन दिन सार्वजनिक बिदा दिएको छ । नुवागी पर्वमा चेपाङ समुदायले नयाँ अन्नबाली र फलफूल पितृलाई चढाएर मात्र खाने गर्छन् । यो चेपाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसैगरी नुवागी पर्वको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको शुभकामना दिएका छन् ।  
बागमती मुख्‍य समाचार राजनीति

निजामती कर्मचारीले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल र परिणाममुखी सेवा दिनुपर्छ’

काठमाडौं । उप–प्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकले विकास र सुशासनको अपेक्षा गरिरहेको सन्दर्भमा निजामती सेवाले त्यस अुनरुप आफूलाई...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड हुन् : मन्त्री...

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले  निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड भएको बताएकी छन्...
बागमती मुख्‍य समाचार समाचार

एनआरएलको २०औं बार्षिकोत्सव : उत्कृष्ट कर्मचारी र नियमित विरामीलाई सम्मान

काठमाडौं । नेशनल रेफरेन्स ल्यावोरेटोरी (एनआरएल)ले २०औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवका अवसरमा शनिवार एक विशेष समारोहको आयोजना गरी उत्कृष्ट...
गण्डकी मुख्‍य समाचार समाचार

लम्जुङमा प्रचण्डको मोर्निङ वक : सहिद परिवार भेट र विद्यालय...

लम्जुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लम्जुङ भ्रमणका क्रममा शनिबार बिहान भोर्लेटारमा मर्निङ...
अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कुरियर सेवालाई व्यवस्थित गर्न सरकारले नीतिगत रुपमा काम गर्छ :...

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कुरियर सेवा सञ्चालनमा देखिएका समस्या समाधान गर्न सरकारले नीतिगत रुपमा काम...
बागमती मुख्‍य समाचार समाचार

आजको मौसमःयी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा...
बागमती मुख्‍य समाचार समाचार

भोली देखि सोह्र श्राद्ध सुरु हुँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष भोलीदेखि विधिवत् आरम्भ गरिँदैछ। यसअघि वार्षिक...
बागमती मुख्‍य समाचार विशेष समाचार

आज निजामती सेवा दिवस : विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै

काठमाडौं । आज निजामती सेवा दिवस । निजामती कर्मचारीहरूले आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाउँदै छन् ।...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

निमित्तको भरमा चलिरहेका बाजुराका स्थानीय तहमा प्रशासकीय अधिकृतको दरवन्दी

बाजुरा । निमित्त भरमा चलिरहेका बाजुराका स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन्।बुढीगंगा नगरपालिका बाहेक जिल्लाका अन्य ८ स्थानीय तह...
बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ...