मुख्य समाचार
राजनीति
समाचार
समाज
१९ कात्तिक, काठमाडौं । कल्किजम रिसर्च सेन्टर, काठमाडौंले देशमा स्वास्थ्य, शिक्षा र कानूनी सेवा निःशुल्क बनाउनेगरि आर्थिक नीति बनिसकेको दाबी गरेको छ । सेन्टरले त्यसको लागि नेपालमा शिक्षा र स्वास्थ्य सबै सरकारी बनाउने र डिप्राईभेटेसनको नीति लिएको छ । आज (सोमबार) पत्रकार सम्मेलन गर्दै सेन्टरले आफूहरु छिट्टै तयार पारिएको नीति लञ्च गर्ने तयारीमा रहेको पनि जनाएको छ । त्यसअघि ‘शिक्षा, स्वास्थ्य र कानूनी सेवा निःशुल्कको लागि काठमाडौंमा जनमतसंग्रह’ गरिनेपनि सेन्टरका प्रमुख जय साहले जानकारी दिए । देशमा विद्यमान सबैखाले समस्या समाधान गर्नसकिने साहको ठोकुवा छ । उनले भने,‘सबै समस्याको समाधान साधारण छ । तर, अहिलेको सरकारले निःशुल्क हुन दिएको छैन् । खोजेको पनि छेन् । सोचेको पनि छैन् । हामीले ल्याएको सोलुसन युनिक छ। नेपाललाई शतप्रतिशत क्यासलेस बनाउनुपर्छ । शतप्रतिशत क्यासलेस सिष्टमले गर्दा भ्रष्टाचार पूरै अन्त्य हुन्छ ।’ उनले नेपालमा शिक्षा र स्वास्थ्य अर्थात स्कुल÷कलेज तथा अस्पतालमात्रै नभएर सबै बैंक सरकारी बनाउने आफूहरुको योजना रहेको सनुाए । उनले भने,‘अहिले भ्रष्टाचार बढिसकेको छ, यो सबैको जरो प्राइभेट बैंक हुन् । अमेरिकामा ९५ प्रतिशत अस्पताल र कलेजपनि सरकारी छन् । नेपालमा अमेरिकाभन्दा ठीक उल्टो छ । नेपालमा स्वास्थ्य निःशुल्क गर्न वर्षमा ७० अर्ब भए पुग्छ । सरकारले नेपालका निजी अस्पताल किन्न सक्छ ।’ अहिलेको सरकारलाई भ्रष्टाचार अन्त्य गर्ने कुनै चाहना नभएको साहको आरोप छ । आफूहरुले अघि सारेको एजेण्डा ठीक हो वा होईन भन्ने विषयमा काठमाडौंका ५ लाख विद्यार्थीहरु उतारेर जनमतसंग्रह गरिनेपनि उनले घोषणा गरे । उनले भने,‘अबको एक÷डेढ महिनाभित्र जनमतसंग्रह गर्न चाहन्छौं । ५ लाख विद्यार्थी सडकमा उतार्न चाहन्छौं । अहिले नेताले उपचार निःशूल्क पाएका छन् । नेताका झोलेले पनि एक कल फोन जाँदा निःशुल्क उपचार पाउँछन् । तर, नेपालीहरुले त्यो अवसर पाएका छैनन् । नेता र तीनका झोलेले मात्रै निःशुल्क स्वास्थ्य र शिक्षा लिने कि सबै नेपालीले भनेर जनमतसंग्रह गर्न चाहन्छौं । सबैलाई निःशुल्क हुनुपर्छ भन्नेले नेपालको झण्डा ल्याउँछन्। नेता र तीनका झोलेले मात्रै पाउनुपर्छ भन्नेले पार्टीको झण्डा ल्याउँछन् । नेपालको झण्डा बढि भयो भने हामी सरकालाई दबाब दिन सक्छौं । हाम्रो टिमबाट कोहीपनि कुर्सीमा बस्न चाहँदैनन् । हामी त देश बनाउन चाहन्छौं ।’ उनले अहिलेको देशको सिस्टम परिवर्तन नगरेसम्म आफूहरुको एजेण्डा लागु गर्न कठिन रहेको सुनाए । उनले अहिले देशमा भैरहेको कुल आम्दानीमा मासिक ३० अर्ब आय थप्नसकिनेपनि सुनाए । त्यसको लागि निजीकरणलाई निरुत्साही गरिनुपर्ने उनको भनाई छ । यस्तै, डा. उमाशंकर प्रसादले पनि नेपाललाई क्यासलेस इकोनोमीको माध्यमबाट भ्रष्टाचारमुक्त बनाउन सकिने दाबी गरे । उनले भने,‘संसारको गतिविधिसँग हामी सबै परिचित छौं । सामाजिक, आर्थिक, राजनीतिक र जलवायु परिवर्तनको समस्यासँग सबै जानकार छन् । अहिले विश्वभरि नै जलवायु परिवर्तनको समस्या ठूलो बनेको छ । ठूलो लगानीको साथ समाधान गर्न विश्वका हरेक देश, राजनीतिक दलहरु र सबै लागिपरेका छन् । तरपनि समस्या चाहीँ समाधान भएको अवस्था देखिँदैन् । हरेक वर्ष कोप हुन्छ । कार्वन इमिसनको कुरा हुन्छ । तर,...