६ माघ २०८२, मंगलवार

नेपाल न्युज बैंक

About Author

1406

Articles Published
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

भ्रष्टाचार र बेथितिको अनुसन्धान मन्त्रि परिषदबाटै सुरु गरौं ः शाह 

काठमाडौं  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले सरकारलाई लक्षित गर्दै भ्रष्टाचार र बेथितिका विषयमा मन्त्रिपरिषद्बाटै अनुसन्धान सुरु गर्नुपर्ने औंल्याएका...
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

पाकिस्तानमा बाढी र मुसलधारे वर्षाका कारण २९९ जनाको मृत्यु 

एजेन्सी । पाकिस्तानका धेरै भागहरूमा आएको बाढी र मुसलधारे वर्षाका कारण १४० बालबालिकासहित कम्तिमा २९९ जनाको मृत्यु भएको छ । ७०० भन्दा बढी घाइते भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले आइतबार जनाएअनुसार जुन २६ बाट सुरु भएको बाढीले ‘देशभर विनाशको निशाना छोडेको’ बताएको छ  । मृत्यु हुनेमा १०२ पुरुष, ५७ महिला र १४० बालबालिका छन् भने घाइतेहरूमा २३९ बालबालिका, २०४ महिला र २७२ पुरुष छन्। बाढीले १,६७६ घरहरूलाई पनि क्षति पु¥याएको छ, जसमध्ये ५६२ पूर्ण रूपमा नष्ट भएका छन् र १,११४ आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। बाढीका कारण ४२८ पशुधनको पनि क्षति भएको छ, जसले प्रभावित समुदायहरूको लागि कठिनाइलाई थप बढाएको छ। एनडीएमएले २२३ उद्धार कार्यहरू सञ्चालन गरेको र बाढी प्रभावित क्षेत्रहरूबाट २,८८० जनालाई सफलतापूर्वक उद्धार गरेको पुष्टि गरेको छ।(एएनआइ)    
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

बहुविवाहको कानुनबारे मन्त्रीज्यूले संसदलाई जानकारी दिनुपर्छ : सुनिता बराल

काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिनेगरी सरकारले कानुन ल्याउन लागेको विषयबारे संसदलाई जानकारी गराउन...
बागमती मुख्‍य समाचार विशेष समाचार

प्राधिकरणले विद्युत व्यवस्थापन गर्न नसक्दा आपूर्तिमा समस्या : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको अहिलको नेतृत्वले विद्युत व्यवस्थापन गर्न नसक्दा आपूर्तिमा समस्या देखिएको...
बागमती मुख्‍य समाचार राजनीति समाज

यातायात व्यवस्थापनका लागि सुचना प्रविधिको उपयोग बढाउनुपर्ने : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्थापनका लागि सुचना प्रविधिको उपयोग बढाउनु पर्नेमा जोड दिएका छन्...
अर्थ बागमती मुख्‍य समाचार समाचार

नेपाल एसबीआई बैंकलाई क्यापिटल फाइनान्स इन्टरनेशनल लन्डन र एसियन बैंकिङ...

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडलाई क्यापिटल फाइनान्स इन्टरनेशनल, लन्डनद्वारा च्याम्पियन इन मोडर्न बैंकिङ इनोभेसन नेपाल २०२५ बाट सम्मान गरिएको...
अन्तर्राष्ट्रिय पर्यटन बागमती मुख्‍य समाचार

‘विदेशी र नेपाली पर्यटकबीच समान हवाई भाडादर कायम हुनुपर्छ’

नर्वेमा लामो समय बसेर आफ्नो मातृभूमिमा केही सकारात्मक परिवर्तन गर्ने उद्देश्यका साथ फर्किएका पर्यटन व्यवसायी तपेन्द्र रावल हाल नेपालमा पर्यटन...
बागमती मुख्‍य समाचार समाज

युग र युवा पुस्ताको चेतनासँग मेल खाने लोकतान्त्रिक अभ्यास आवश्यक...

काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय समितिका सदस्य नैन सिंह महरले समाज र समयको गतिसँगै लोकतन्त्र (डोमोक्रेसी) को स्वरूप र परिभाषा...
बागमती मुख्‍य समाचार समाज

पुल मर्मत गर्न अझै दुई दिन लाग्ने, डाइभर्सनका निर्माण सामाग्री बोकेका गाडी रोकिए 

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने मुख्य सडक खण्ड शनिवार बिहानदेखि ठूला सवारीसाधनका लागि पूर्ण रूपमा अवरुद्ध छ । रामेछापको मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ को सिमानामा पर्ने भटौली खोलाको पक्की पुलमा बाढीले क्षति पु¥याएपछि सडक अवरुद्ध भएको हो । खाँडादेवीपट्टिको पिलर पछाडिको भाग बाढीले कटान गरेपछि पुल प्रयोग प्रयोगमा आउन सकेको छैन । पुलमा क्षति पुगेसँगै साना सवारीसाधनबाहेक सबै ढुवानी साधनको सञ्चालन रोकिएको छ । बाढीले पुलको पिलरमा प्रत्यक्ष असर गरेपछि संरचनाको सुरक्षा जोखिम बढेको छ । स्थानीयका अनुसार गएको असोजमा आएको बाढीले सो पिलर पट्टिको भागमा खोलाले क्षति पुर्याएको थियो । तर त्यति बेला ध्यान नदिँदा यस पटक ठुलो क्षति भएको हो । सो पुल सञ्चालनमा नहुँदा खाँडादेवी गाउँपालिकातर्फबाट आएका १५ टनभन्दा बढी तौलका मालवाहक सवारी साधन सडकमै रोकिएका छन्। यीमध्ये अधिकांश  मरिण डाइभर्सनका सामान बोकेका ढुवानीका गाडीहरू छन्  । सुनकोशी–मरिन डाइभर्सन आयोजनाका लागि वीरगञ्जबाट सामान लिएर आएका ट्रकहरू पुल नहुँदा खाँडादेवीको पकरबासमा रोकिएका चालक सिर्जन तामाङले जानकारी दिए।  सुनकोशीको खुर्काेटमा रहेको पुलले बढी भार भएका गाडी नथेग्ने भएकोले त्यस्ता साधनहरू यही बाटो हुँदै सेलघाट जाने गर्दछन् । रामेछाप सदरमुकामबाट खाँडादेवी, दोरम्बा र सुनापतिलाई जोड्ने यो पुल काठमाडौं र तराइ जाने वैकल्पिक सडकको पुल हो । गतवर्ष असोजमा सुनकोशी नदीमा आएको बाढीले मन्थली–सिन्धुली सडक खण्ड अन्तर्गतको खुर्कोट पुल बगाएपछि सो स्थानमा वैकल्पिक रूपमा बेली ब्रिज जडान गरिएको थियो। तर सो ब्रिजबाट १५ टनभन्दा बढी तौलका सवारीसाधन सञ्चालनमा रोक लगाइएपछि सबैभन्दा भरपर्दो विकल्पको रूपमा भटौली खोलाको यो पुल प्रयोग हुँदै आएको थियो । अहिले यो पुलसमेत अवरुद्ध भएपछि सो क्षेत्रको यातायात व्यवस्थामा थप समस्या उत्पन्न भएको छ । पुलको मर्मत तीव्र गतिमा अगाडि बढाइएको पूर्वाधार विकास कार्यालय रामेछापले जनाएको छ । अबको दुई दिनभित्र पुल सञ्चालनमा ल्याउने तयारी रहेको कार्यालयका प्राविधिकले जानकारी दिए । यो पुल आर्थिक वर्ष २०७१÷०७२ मा स्विस सरकारको सहयोगमा ‘स्थानीय सडक पुल कार्यक्रम’ अन्तर्गत निर्माण गरिएको थियो। स्वच्छन्द सिर्जना जेभीले करिब चार करोड रुपैयाँ लागतमा निर्माण गरेको ४० मिटर लामो पक्की पुल वैकल्पिक सडक मार्गका हिसाबले रामेछाप जिल्लाका लागि रणनीतिक रूपमा अति महत्त्वपूर्ण मानिन्छ ।  
बागमती मुख्‍य समाचार समाज सूचना प्रविधि

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर

काठमाडौं । टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष अफर सार्वजनिक गरेको...
बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

धिरज र उपासनाको ‘जलाकी’ पोस्टर रिलिज

काठमाडौं । सिनेमा ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापामगरको नयाँ सिनेमा ‘जलाकी’ पोस्टर सार्वजानिक गरिएको छ । सोमबार अभिनेता धिरज मगर...
बागमती मुख्‍य समाचार राजनीति समाचार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज समापन हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज समापन हुँदैछ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार देखि जारी बैठकमा...