Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

माछापुच्छ्रे क्यापिटल र नर्थ समिट हाइड्रो लिमिटेडबिच सम्झौता

News and Updates
1 दिन अघि

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा नर्थ समिट हाइड्रो लिमिटेडबिच सम्झौता भएको छ । नर्थ समिट हाइड्रो लिमिटेडको प्राथमिक शेयर निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदानका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

 

 

शुक्रबार भएको सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे« क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी नर्थ समिट हाइड्रो लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीद्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

 

 

नर्थ समिट हाइड्रो लिमिटेडले जारी पुँजीको ३० प्रतिशत अर्थात कुल ३८,४०,००० कित्ताको प्रति शेयर अंकित मुल्य रु.१००÷ का दरले हुन आउने रकम ३८ करोड ४० बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि माछापुच्छ्रे« क्यापिटल लिमिटेडलाई संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिविक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको हो ।

 

नर्थ समिट हाइड्रो लिमिटेडले लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका भएर बग्ने न्यादी र फिदी खोलाको पानीको बहाव सदुपयोग गरी २१.४ मे.वा. क्षमताको न्यादी फिदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

माछापुच्छ«े क्यापिटल लिमिटेड, माछापुच्छ«े बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ«े क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्रि प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दैै आइरहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया