२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

एमालेको सचिवालय बैठक जारी

२२ कात्तिक, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा जाजरकोट भूकम्पले पुर्याएको क्षति, आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा लगायतका विषयमा छलफल हुने बताइएको छ ।

नेकपा एमालेको केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बैठकमा केन्द्रीय कमिटीको एजेण्डा तय गर्ने, मध्यपहाडी लोकमार्ग भएर सञ्चालन हुने अभियानको कार्यक्रम तय गर्ने लगायतबारे छलफल गर्न बैठक बसेको जानकारी दिए ।

आगामी मंसिरमा एमालेले धनगढीमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यसलगत्तै मध्यपहाडी लोकमार्ग भएर अभियान सञ्चालन गर्दैछ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।