Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

विश्वकप लिग– २ मा नेपालको स्कटल्याण्डविरुद्ध ऐतिहासिक जित

News and Updates
3 दिन अघि

काठमाडौं । आईसीसी विश्वकप लिग(२ क्रिकेट अन्तर्गतको सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ ।

 

 

स्कटल्याण्डमाले २९७ रनको लक्ष्य दिएकोमा नेपालले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गरी रोमाञ्चक जित हासिल गरेको हो ।

 

 

नेपालको लागि करण केसीले ४१ बलमा ६५ रनको योगदान गरे । २५२ रनमा ८ विकेट गुमाएको नेपालका लागि करण र सन्दीप लामिछानेले ३८ रनको साझेदारी गरेका थिए ।

 

 

ओपनर कुशल भुर्तेलले ५३, गुल्शन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७ र आसिफ शेखले २० रनको योगदान दिए ।

 

 

बलिङमा नेपालका रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ र सन्दीप लामिछानेले एक विकेट लिए ।

 

 

स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको सिरिज अन्तर्गत नेपालले दोस्रो खेल बुधबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया