३ फाल्गुन २०८२, आईतवार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

पोखरामा आज पनि ‘राइड सेयरिङ’ लाई मान्यता दिएको भन्दै विरोध

पोखरा । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानूनी मान्यता दिएको भन्दै व्यवसायीले आज पनि पोखरामा आन्दोलन गरेका छन् ।

 

 

यातायात व्यवसायीहरुले आइतबार बिहानैदेखी सडकमा सवारी साधन चल्न दिएका छैनन् । आन्दोलनमा कारण पोखरामा कम संख्यामा सवारी साधन गुडेका छन् ।

 

 

गण्डकीमा राइड सेयरिङ वा सेल्फ ड्राइभले कानूनी मान्यता पाएपछि त्यसको विरोधमा यातायात व्यवसायी उत्रेका हुन् ।

 

 

गत शुक्रबारदेखि आन्दोलरत रहेका यातायात व्यवसायीहरुले माग पुरा नभए १९ गतेदेखि देशभर यातायात बन्द गर्ने बताउदै आएका छन् । पोखरामा बन्दको प्रभाव परेको देखिन्छ  ।