७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा राजावादीहरुले आज प्रदर्शन गर्ने भएका छन् ।

 

 

राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका हुन् ।

 

 

बिहीबार यो समूहले राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेका थिए ।

 

 

राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् ।

 

 

राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध छन् ।