३ फाल्गुन २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रतिपक्षी दलद्वारा गृहमन्त्रीको राजीनामा माग

काठमाडौँ, १४ जेठ । प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।

 

 

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले ‘भिजिट भिषा’ का सन्दर्भमा देखिएको भनिएको अनियमितताको जिम्मेवार गृहमन्त्री भएको आरोप लगाउँदै राजीनामा दिनुपर्ने माग गरेको हो ।

 

 

बैठकमा सहभागी आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले गृहमन्त्रीले राजीनामा नदिँदासम्म सदनको कारवाही अगाडि बढ्न नसक्ने जिकिर गरे ।

 

 

विपक्षी दलको बैठक चलीरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचमा टेलिफोन वार्ता भएको उनले जानकारी दिए ।