३ फाल्गुन २०८२, आईतवार
कोशी मुख्‍य समाचार विचार समाचार समाज

तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी

इटहरी सुनसरी, १४ जेठ । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आज बिहान २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ ।

 

 

 

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ ।

 

 

 

आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ ।