Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

News and Updates
2 हप्ता अघि

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

 

 

मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

देशको उच्चपहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का वर्षा र  हिमपातको सम्भावना रहेको छ ।

 

 

आज राति भने, कोशी, मधेश र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

कोशी प्रदेश र बागमती प्रदेश प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया