Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

News and Updates
16 घण्टा अघि

काठमाडौँ, ९ जेठः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी जाइका का अध्यक्ष डा तानाका अकिहिकोबीच भेटवार्ता भएको छ ।

 

 

टोकियोस्थित जाइकाको मुख्यालयमा आज भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ ।

 

 

भेटका क्रममा मन्त्री डा राणाले नेपालको आर्थिक, सामाजिक लगायत विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत जापान सरकारले पु¥याउँदै आएको सहयोगका लागि नेपालका तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।

 

 

उनले जाइकाले नेपालका लागि आधारभूत सहयोग नीतिमार्फत आर्थिक वृद्धि र गरिबी निवारण, विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन तथा सुशासन एवं प्रजातन्त्रको सुदृढी करण जस्ता क्षेत्रमा गरेको सहयोगको सराहना गरे ।

 

 

मन्त्री डा राणाले पछिल्लो समयमा नागढुङ्गा सुरुङमार्गको निर्माण, सिन्धुली बर्दिबास सडकको पुनःनिर्माण एवं मर्मतसम्भारलगायत नेपालका कैयौँ क्षेत्रहरूमा जाइकामार्फत जापान सरकारले पु¥याउँदै आएको सहयोगको प्रशंसा गरेका थियो ।

 

 

भेटमा उनहरूबीच नेपाल जापान सम्बन्ध, जाइकाले नेपाललाई गरिरहेको सहयोग, जलवायु परिवर्तन र यसको असर, विपद् व्यवस्थापन, सुशासन र ज्येष्ठ नागरिक सम्बन्धी विषयमा पनि कुराकानी डा राणको सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया