४ फाल्गुन २०८२, सोमबार
कोशी मुख्‍य समाचार विचार समाचार समाज

उन्नाइस विपन्न परिवारलाई घर छाउन जस्तापाता सहयोग

ओखलढुङ्गा, सिद्धिचरण नगरपालिकाले आफ्नो क्षेत्रलाई खरको छानोमुक्त नगरपालिका बनाउने अभियान अन्तर्गत १९ विपन्न परिवारलाई घर छाउन जस्तापाता प्रदान गरेको छ ।

 

 

सिद्धिचरण नगरपालिका भण्डार शाखा प्रमुख चुडामणि दाहालका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा खरको छानो भएका विपन्न नगरिकलाई टिनको छानो फेर्न रु १५ लाख वजेट विनियोजन गरेको थियो । त्यसमध्ये रु १२ लाख ८५

 

 

हजार ६६२ मा ८८ बन्डल जस्तापाता खरिद गरेर १९ परिवारलार्ई वितरण गरिएको थियो । प्रतिघर तीन बन्डलको दरले ५७ बन्डल जस्तापाता बिहीबार वितरण गरिएको हो ।

 

आगलागी र मनसुनजन्य जोखिमबाट नगरवासीलाई मुक्त गराउन जस्तापाता वितरणको अभियान सञ्चालन गरिएको नगरका उपप्रमुख केदारबाबु बस्नेतले बताए । अभियानलाई आगामी वर्ष पनि निरन्तरता दिइने उनले बताए ।