News and Updates
7 घण्टा अघि

म्याग्दी, ८ जेठः मालिका गाउँपालिका–१ छिसको एक परिवारका सदस्य स्थानीय सिद्ध आधारभूत विद्यालयलाई सामुहिक रुपमा आर्थिक सहयोग गरेका छन् ।
उदारमना ओमबहादुर फगामीको परिवारले प्रदान गरेको रु दुई लाख १९ हजारबाट विद्यालयमा कक्षा कोठा निर्माण गरिएको छ । व्यवस्थापन समितिका अध्यक्ष मानसिङ सापकोटाले बताउनुभयो ।
कक्षा आठसम्म पढाइ हुने यो विद्यालयमा एक सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया