४ फाल्गुन २०८२, सोमबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

मौसम पूर्वानुमान : उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

 

 

साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

 

 

महासंघका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेश, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

 

 

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

देशका उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

 

 

यस्तै, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

कोशी, बागमती र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।