Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै

News and Updates
13 घण्टा अघि

काठमाडौं । आईसीसी महलिा टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल नेपाली राष्ट्रिय महिला  क्रिकेट टोली आज स्वदेश फर्कँदै छ ।

 

 

नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायर्समा पुगेको हो । टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

 

 

नेपाल पहिलो  पटक महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो । एसिया क्षेत्र छनोटअन्तर्गत समूह सीमा बहराइनलाई २ पटक हराएको नेपाल हङकङसँग एक खेलमा पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया