२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

मेसीले आठौं पटक जिते बालोन डे’ओर अवार्ड

१४ कात्तिक‍, काठमाडौं । अर्जेन्टिनाका तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले कीर्तिमानी आठौं पटक बालोन डे’ओर अवार्ड जितेका छन् ।

गत वर्ष अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि जिताउन मद्दत गरेका मेसीले फ्रान्सको पेरिसमा आयोजित समारोहका बीच अवार्ड जितेका हुन् ।मेसील म्यानचेष्टर सिटीका एर्लिङ हालान्डलाई पछि पार्दै आठौँ पटक अवार्ड जिते ।

‘विश्वकप जित्न सक्षम हुँदै मेरो सपना पूरा गरेर फेरि एकपटक यहाँ उपस्थित भएर यो क्षणलाई इन्जोए गर्नु उत्कृष्ट हो,’ मेसीले अवार्ड जितेपछि भने ।

फ्रान्स फुटबले प्रदान गर्ने यस अवार्ड मेसीले २००९ मा पहिलो पटक जितेका थिए । त्यसपछि उनले २०१०, २०११ र २०१२ मा गरी लगातार चार पटक अवार्ड जिते । उनले २०१५, २०१९ र २०२१ मा पनि उक्त अवार्ड जितेका थिए ।

मेसीले आफ्नो करियर यस्तो हुन्छ भनेर कहिल्यै नसोचेको र जे उपलब्धि प्राप्त भएको छ र त्यो सबै इतिहासकै एतकृष्ट टिममा हुनुले भाग्यमानी रहेको बताए । यस्तै उनले फरक कारणले हरेक बालोन डे ओर अवार्ड विशेष रहेको पनि बताए ।

महिलातर्फ स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर अइतामा बोनमाटीले वर्ष खेलाडीको अवार्ड जितिन् । २५ वर्षीय बोनमाटीकै कप्तानीमा स्पेनले फिफा महिला विश्वकपको उपाधि जितेको थियो । उनले पहिलो पटक यो अवार्ड जितेकी हुन् ।

विश्वका १०० पत्रकारहरुले गरेको मतका आधारमा वर्षको उत्कृष्ट खेलाडीलाई बालोन डे’ओर अवार्ड प्रदान गरिन्छ ।

मेसीले अर्जेन्टिनालाई १९८६ पछि पहिलो पटक विश्वकपको उपाधि जिताउन टिमको नेतृत्व गरेका थिए । यस्तै अमेरिकन क्लब इन्टर मायामीलाई लिग्स कपको रुपमा पहिलो ट्रफी जिताउन पनि उनले मद्दत गरे ।

मेजर लिग क्लब इन्टर मायमीका लागि उनले सबै खाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका छन् ।

मेसीले सबैभन्दा नजिक रहेका क्रिकस्टियानो रोनाल्डो भन्दा ३ बढी बालोन डे’ओर अवार्ड जितिसकेका छन् । रोनाल्डोले २०१७ मा अन्तिम पटक यो अवार्ड जितेका थिए । सन् २००३ पछि अल नासेरका फरवार्ड रोनाल्डो पहिलो पटक अवार्डको मनोनयनमै परेनन् ।

नर्वेका फरवार्ड हालान्डले गत सिजन प्रिमियर लिगमा ३५ खेलमा कीर्तिमानी ३६ गोल गर्नुका साथै सिटीबाट लिगसहित च्याम्पियन्स लिग र एफ ए कप गरी ट्रेबल उपाधि जितेका थिए ।

उनको उक्त उपलब्धिका लागि हालान्डलाई गर्ड मुलर ट्रफी प्रदान गरियो । उनले गत सिजन सबै खाले प्रतियोगितामा ५२ गोल गरेका थिए । हालान्डले अवार्ड पाएपछि सिटी क्लब र परिवारलाई धन्यवाद दिए ।

इंग्लयाण्ड तथा रियल मड्रिडका मिडफिल्डर जुड बेलिङघमले उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते ।

२१ वर्षमुनिका उत्कृष्ट युवा खेलाडीलाई दिइने कोपा ट्रफी बेलिङघमले पाए । यसै सिजन बोरुसिया डर्टमण्डबाट रियल पुगेका उनले १३ खेलमा १३ गोल गरिसकेका छन् । डर्टमण्ड गत सिजन उनले ४२ खेलमा १४ गोल गरेका थिए ।

यसैगरी अर्जेन्टिनाका विश्व विजेता गवलकिपर इमिलियानो मार्टिनजेल उत्कृष्ट गोलकिपरको अवार्ड जिते । त्यसका लागि उनले यासिन ट्रफी जिते ।

मार्टिनेजले कतार विश्वकपकमा गोल्डेन ग्लोभ्स अवार्ड जितेका थिए ।

म्यानचेष्टर सिटीले क्लब अफ दि इअरको अवार्ड जित्यो । महिलातर्फ बार्सिलोनाले क्लब अफ दी इअरको अवार्ड पयो ।

विश्व फुटबलमा रेसिजमविरुद्ध बोल्दै आएका ब्राजिलियन तथा रियल मड्रिडका विगंर भिनिसिय जुनियरले मैदान बाहिर आफ्नो योगदानको लागि सोक्रेटिस अवार्ड प्राप्त गरे ।

भिनिसियस विगत दुई सिजनदेखि ला लिगा खेलहरूमा नियमित रूपमा जातीय दुव्र्यवहारको निशाना बनेका छन् ।

उनी गरिब क्षेत्रमा विद्यालय निर्माण गर्ने र ब्राजिलमा शिक्षामा लगानी गर्ने फाउन्डेसन सुरु गरेका छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected