Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

विद्युत प्राधिकरणको स्वयतपत्र यथार्थपरक छ : मन्त्री खड्का

News and Updates
13 घण्टा अघि

काठमाडौं । उर्जामन्त्री दिपक खड्काले विद्युत प्राधिकरणको स्वयतपत्र यथार्थपरक रहेको बताएका छन् ।

 

 

बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले विद्युत प्राधिकरणको नाफा र घाटाको सन्दर्भमा अहिलेको स्वयतपत्र यथार्थपरक रहेको बताएका हुन् ।

 

 

उनले भने, ‘विद्युत प्राधिकरणको नाफा र घाटा के हो भन्ने सन्दर्भमा अहिलेको स्वयतपत्र यथार्थपरक छ अझै यसमाथि आयोजनाहरु तिर्नुपर्ने यकिन आइसकेको नभएर चाडै अडिट हुदैछ । यो कुरा भन्नुपर्छ सरकारी निकायहरुले आफ्नो कार्य पारदर्शी हुनुपर्छ ।’

 

 

उनले महालेखा प्रतिवेदन र समितिको प्रतिवेदनमा तालमेल नमिलेको भन्दै उनले अन्तराष्ट्रिय रुपमा मान्य हुने गरी अडिट गरी निर्णय गरेको बताए ।

 

 

‘पूर्व एम्डि गएपछि नयाँ एम्डि आएपछि भएको हैन । पूर्व एमडी हुदैमा उहाँले प्रस्ताव ल्याउदा प्रश्न राखेर यसको अडिट गर्ने किनभने महालेखा एकथोक भन्ने र प्रतिवेदनले अर्काे भन्छ । यो तालमेल मिलेको छैन ।

 

 

त्यतिखेर महालेखा प्रतिवेदन बाहिर आएको थिएन तर हामीसँग आईसकेको थियो । महालेखा प्रतिवेदनले घाटा देखाइरहेको छ तपाई नाफा देखाइरहनुभएको छ यो तालमेला मिलेन यसको अडिट गरेर निर्णय गरेका छौ ।’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया