Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

‘होस्टेल ३’ टिमबाट नयाँ चलचित्र ‘बाउ भर्सेस छोरा घोषणा’

News and Updates
11 घण्टा अघि

काठमाडौं । नेपाली चलचित्र ‘होस्टेल ३’ को सफलता पछि सोही टिमले फेरि नयाँ कथा लिएर चलचित्र बनाउने घोषणा गरेको छ । चलचित्र टिमले बुधवार बिहान ‘बाउ भर्सेस छोरा’ शीर्षकमा नयाँ चलचित्र घोषणा बनाउने घोषणा गरेको हो । जसलाई सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्दैछ ।

 

 

यस चलचित्रले पुस्तान्तरण अर्थात् दुई पुस्ताबीचको सोच, मूल्य, मान्यता र व्यवहारको टकराबलाई केन्द्रमा राखेर निर्माण हुने निर्देशक सशान कँडेलले जानकारी दिए । चलचित्रको घोषणामा प्रयोग गरिएको टाइटल डिजाइनमा दुई फरक पुस्ताका सोचलाई ‘ह् न्भलभचबतष्यल बाउ’ र ‘श् छोरा’ भनेर चित्रण गरिएको छ, जसको डिजाइन रोयल भीमसेनले गरेका हुन् ।

 

 

नेपाली समाजमा बढ्दो पुस्तागत द्वन्द्व र नयाँ पुस्ताले भोगिरहेको दुव्र्यसनको यथार्थतालाई पर्दामा उतार्न लागिएको लेखक माधव शर्माले बताए । चलचित्रले बाउ र छोराबीचको भौतिक दूरी मात्र नभई सोच, व्यवहार, दृष्टिकोण र जीवनप्रतिको बुझाइमा आएको अन्तरलाई केन्द्रमा राखेको उनले बताए ।

 

 

यसअघि ‘होस्टेल ३’ माधव शर्माको लेखन र सशान कँडेलको निर्देशनमा बनेको थियो, जसले प्रदर्शनको ५१ दिन पुरा गरेको थियो । ‘बाउ भर्सेस छोरा’को थप विवरण, कलाकार चयन, छायाङ्कन सुरु हुने मिति र प्रदर्शन समयबारे निर्माण टिमले चाँडै जानकारी दिने बताइएको छ ।

 

 

यस चलचित्रका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । चलचित्रको स्क्रिप्टको अन्तिम चरणमा काम भइरहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया