News and Updates

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले निर्वाचन क्षेत्रको विकास प्रक्रियामा निर्वाचित सांसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले मानिसहरु सांसदलाई विकास प्रक्रियाबाट अलग गर्नुपर्ने नकारात्मक भाष्य निर्माण गर्न लागेको भन्दै यस्तो धारणा राखेका हुन् ।
उनले भने, ‘निर्वाचन क्षेत्रको विकास प्रक्रियामा निर्वाचित सांसदको भूमिकालाई प्रभावकारी, अटुट र अन्योयास्रित रुपमा जोड्नु अनिवार्य छ । समाजमा एकथरी मानिसहरु यसकार्यमा सांसदलाई अलग गर्नुपर्ने वाइयात छलफल, बुद्धि विलास, पूवाग्रही एवम् नकारात्मक भाष्य निर्माण गर्न लागेको भेटिन्छन् ।’
उनले सांसदहरुलाई कोष नभइ योजना सिफारीस गर्ने अधिकार भएको बताए । उनले निर्वाचित जनप्रतिनिधिहरुको भूमिका कमजोर बनाउने कार्य कुनै बहानामा पनि उचित नहुने भन्दै यसमा आम नागरिकको असन्तुष्टि थप बढ्दै जाने बताए ।
‘सांसदहरुलाई कोष होइन योजना सिफारिस गर्ने अधिकार दिंदा त्यसकाविरुद्ध किन वकवास गरिन्छ ? बजेट सुन्ने, छलफल गर्ने, पारित गर्ने सांसदहरुको संवैधानिक र कानूनी अधिकार नै हो । निर्वाचित जनप्रतिनिधिहरुको भूमिका कमजोर बनाउने कार्य कुनै बहानामा पनि उचित र सहि हुन सक्दैन । यसबाट व्यवस्था विरोधी, अस्थिरतावादीहरु र अराजकतावादीहरु हौसिने तथा अनाश्वयक रुपमा आम नागरिक र मतदाताहरुमा थप असन्तुष्टि बढ्दै जान्छ,’ उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया