Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

नेपाली टोली पहिलो पटक महिला विश्वकपको ग्लोबल छनोटमा

News and Updates
6 घण्टा अघि

काठमाडौं । महिला टी–२० विश्वकपको एसिया छनोटमा युएईलाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ । आज भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहँदै ग्लोबल छनोटमा प्रवेश गरेको हो ।

 

 

यो जितपछि नेपाल र थाइल्यान्ड एसियाबाट ग्लोबल छनोटमा पुग्न सफल भए ।नेपालले अब मंगलबार औपचारिकताका लागि अन्तिम खेल थाइल्यान्डविरुद्ध खेल्दैछ । नेपाली महिला टोली पहिलो पटक ग्लोबल छनोटको यात्रा गर्न सफल भएको हो ।

 

 

नेपालले विश्वकपमा पुग्न अन्तिम चरणको छनोट खेल्न बाँकी छ । छनोटमा १० देशबीच प्रतिस्पर्धा हुनेछ । ती १० देशबाट शीर्ष चारदेश विश्वकपमा पुग्नेछन् ।
पहिले ब्याटिङमा आएको यूएईले दिएको ११५ रनको सामान्य चुनौतीलाई नेपालले अन्तिम तीन बल बाँकी हुँदा भेट्टायो । त्यसक्रममा अविजित रहेकी नेपाली कप्तान इन्दु बर्माले ३० रनको योगदान गरिन् ।

 

 

उता रुविना क्षेत्री बेलबासेले १८ बलमा २३ रन बनाइन् । नेपालका लागि ओपनर सम्झना खड्का २१ र उकप्तान पूजा महतो १३ रन बनाउँदै आउट भए ।
पराजित यूएईका मेचेली बोथा, सुरक्षा कोत्ते, भैश्नवी महेश र ईशा ओझाले १र१ विटेक झारे । बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट क्षतिमा ११४ रन जोडेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया