Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सगरमाथा संवाद आज समापन हुँदै

News and Updates
7 घण्टा अघि

काठमाडौं । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने मुख्य विषयमा सुरु भएको सगरमाथा संवाद आज(आइतबार) समापन हुँदैछ ।

 

 

शुक्रबारदेखि सुरु भएको सुरु भएको सगरमाथा संवाद आज समापन हुन लागेको हो ।

 

 

जलवायु न्यायका कार्य तथा वित्तीय चुनौती विषय उच्चस्तरीय कार्यक्रमपछि आज काठमाडांै घोषणा पत्र जारी हुनेछ । समापन सत्र सम्पन्न भएपछि सगरमाथा संवाद पनि औपचारिक रूपमा समापन हुनेछ ।

 

 

सगरमाथा संवादमा विभिन्न १२ विषयका समानान्तर सत्र सम्पन्न भइसकेका छन् ।

 

 

शुक्रबार भएको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए ।

 

 

सम्मेलनमा विभिन्न देशका एक सय ७५ विदेशी पाहुनासहित तीन सय ५० जनाभन्दा धेरै विशिष्ट व्यक्तित्वको सहभागिता छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया