Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

विदेश पलायन र बसाइसराइले परिवारहरु विभाजितभए : तथ्यांक अधिकारी लामिछाने

News and Updates
2 महिना अघि

काठमाडौं । परिवार भन्ने वित्तिकै सुख–दुःख साथदिने व्यक्तिहरुको समूहभन्ने बुझिन्छ। तरनेपालमाक्रमशःबढ्दो आधुनिकताअनिविकासक्रमसँगै पारिवारिक मूल्य, मान्यता र अवधारणाहरु घट्दै गएकाछन् ।

अहिले परिवारका मुलव्यक्तिहरु जिविकोपार्जनकालागिविदेश जानेक्रमबढेपछिपरिवार र सामाजिकभावनामानकारात्मक असर पर्न थालेको छ । पारिवारिक मूल्य, अपनत्व, सदभावना, एकताअनि समानतामाकमी देखिएको छ ।

यसै सन्दर्भमा राष्ट्रियतथ्यांककार्यालयकाउपप्रमुखतथ्यांकअधिकारी एंवप्रवक्ताढुण्डीराजलामिछानेले परिवारसँग सम्बन्धितविषयकाबारेमा जागरूकताबढाउन र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिकीयप्रक्रियाहरूको ज्ञानबढाउनअन्तर्राष्ट्रिय परिवार दिवस मनाउने गरेको प्रष्टपारे ।
उनले भने, ‘परिवार भन्ने विषय समाज र देशको लागिनिकै महत्वपूर्ण हुन्छर परिवारलाई अर्थतन्त्रसँगपनि जोड्न सकिन्छ । हाम्रो संस्कृतिदेखि अर्थतन्त्रसम्मजोडिएको विषयभनेको परिवार हो ।समाज कस्तो निर्माण गर्ने भनेरपनि परिवारबाट नै निर्धारणहुन्छ।’

उनले विकासकाक्रममा स्वतन्त्रताको खोजीगर्दै एकल परिवारको परिवेश बन्दै गएको बताए । उनलेअहिले एकल परिवार ५०–६० प्रतिशत रहेको र संयुक्त परिवार ४०–४५ प्रतिशतको हाराहारीमामात्ररहेको बताए ।

उनले भने, ‘युवा पुस्ताहरु विदेश जाने प्रवृत्तिले पनि संयुक्त परिवारको अवधारणा घट्दै गइरहेको अवस्था छ । यसको साथै, विकास हुने क्रममा स्वतन्त्रताको खोजीगर्दै पनिएकल परिवारको परिवेश बन्दै गएको हो । आन्तरिक बसाइसराइले पनियसमाप्रभावपार्ने गरेको देखिन्छ । अहिले एकल परिवार ५०, ६० प्रतिशतमाछन् भने संयुक्तपरिवार ४०, ४५ प्रतिशतको हाराहारीमा रहेको छ ।’

परिवारलाई हिमाल,पहाड र तराई जस्ता विविधताका कारणपनि असर पर्ने भन्दै तराइका भेगहरुमाभने केहीमात्रामाअझैपनि संयुक्त परिवार रहेको र पहाडमाभने कम नै रहेको उनको भनाइछ । उनकाअनुसार तराइमाबसोबास गर्ने मानिसहरु एक मत, एक भेद भएर बसेकाछन् ।

यस्तै, तराइमादलित, मधेशी र मुस्लिमको धेरै परिवार रहेको भन्दै बाहुन, क्षेत्री र नेवारहरुको परिवारको संख्य अलिकम रहेको पनिउनले जानकारीदिए ।
‘यस्तो परिस्थितिबन्दै गएकाले परिवारको सुधार गर्नुपर्ने, जनसंख्यानीतिहरुमा सुधार गर्नुपर्ने र परिवारको विभाजनहुने क्रमबढ्दै गएकाले त्यसलाई रोक्नुपर्ने अवस्था छ । त्यसैले भएकानीति सहि तरिकाले कार्यान्वयनहुननसक्नु दुर्भाग्यपूर्ण छ,’उनले भने ।

उनकाअनुसार विकासले नयाँ कुराहरु सिकाउदै जाने र पूरानाकुराहरु छुटाउँदै लैजाने कामगर्छ तर कतिपय देशहरुले भने पूराना कुराहरु समेटेर विकासतर्फपनि लैजाने गरेको पाइन्छ । विकासको क्रम सँगसँगै संस्कृतिलाई पनि समेटेर लैजाने हो भने समाजउत्कृष्ट समाजबन्नसक्ने उनको बुझाइ छ ।

उनले धर्म संस्कृतिलाई अझैबढीप्रयोग गर्ने र एक अर्काको धर्म संस्कृतिलाई जोगाएर लैजाने हो भने पछिल्ल्लो पुस्ताले पनि धर्म संस्कृतिलाई स्वीकारेर अगाडिबढ्न सक्ने बताए ।

एक अर्काको भाषा संस्कृतिलाई बुझ्ने कोशिस गर्ने हो भने देशको अर्थतन्त्रमा समेत सुधारहुने भन्दै दिगो विकासकालक्ष्य सुधारका निम्तीपरिवारको संरचना परिवार भित्रको अनुशासनले पनि सहयोग गर्ने उनको बुझाइछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया