Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

‘सगरमाथा संवाद’ जलवायु परिवर्तनको मुद्दा उठाउने उपयुक्त मन्च : सांसद घर्ती

News and Updates
12 घण्टा अघि

काठमाडौं । नेकपा एमालेकी सांसद इश्वरी घर्तीले ‘सगरमाथा संवाद’ जलवायु परिवर्तनको पक्षमा रहेको बताएकी छन् ।

 

 

बिहीबार प्रतिनिधी सभाको बैठकमा बोल्दै सांसद घर्तीले सगरमाथा संवाद जलवायु न्यायको पक्षमा रहेको भन्दै यो संवाद जलवायु परिवर्तनको विषय उठाउने उपयुक्त विश्व मन्चका रुपमा रहेको बताइन् । उनले शुक्रबारदेखि हुने ‘सगरमाथा संवाद’ लाई शुभकामना पनि दिइन् ।

 

 

 

उनले नेपाल जलवायु संकटको चरममा रहेको र मौसमी घटनाका कारण विपत्तका जोखिमले देशलाई ठुलो क्षति गरिरहेको पनि बताइन् । उनले राष्ट्रिय तथ्याङक कार्यालयको दोस्रो पारिवारिक संरक्षण अनुसार जलवायु विपत्तिबाट नेपालले वार्षिक ८३ अर्बको क्षति बेहोरिरहेको बताएकी छन् ।

 

 

 

उनले विगत पाँच वर्षमा जलवायु विपतबाट सहरी क्षेत्रमा दुई खर्ब १८ अर्ब ८२ करोड र ग्रामीण क्षेत्रमा १ खर्ब १६ अर्ब ६२ करोड क्षति भएको बताएकी छन् । सांसद घर्तीले देशमा भएका सगरमाथाहरु जलवायु परिवर्तनकै कारण काला चट्टानहरुमा परिवर्तन भएको र यसलाई न्युुनिकरण गर्नुपर्ने बताएकी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया