Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

हुरीले घर भत्कँदा एक जनाको मृत्यु

News and Updates
12 घण्टा अघि

भद्रपुर झापा, १ जेठ । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।

 

हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो । यो घटना गए रातिको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया