Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कारको ठक्करबाट बालकको मृत्यु

News and Updates
10 घण्टा अघि

सिन्धुली, ३० वैशाख । दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

 

 

उदयपुरको कटारीबाट डकाहातर्फ आउँदै गरेको बि ए बी  ०१८८ नम्बरको कारले आज ठक्कर दिँदा दुधौली–७ चिहानडाँडाका १० वर्षीय मन्देश सदाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

 

 

कारको ठक्करबाट घाइते भएका सदाको दुधौली नगर अस्पताल सिर्थौलीमा मृत्यु भएको हो । प्रहरीले कारका चालक ३४ वर्षीय रामकुमार राईलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान अघि बढाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया