४ फाल्गुन २०८२, सोमबार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

दमौली तनहुँ, २९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् ।

 

 

ढाडे कुलपूजा व्यवस्थापन समितिको आयोजनामा यहाँ भएको पूजाका अवसरमा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।

 

 

त्यस क्रममा राष्ट्रपति पौडेलले नौ जनालाई सम्मान गरेको स्थानीय श्रीहरि पौडेलले जानकारी दिए ।

 

 

राष्ट्रपति पौडेलले स्थानीयवासीसँग यहाँको विकास निर्माणका विषयमा समेत चासो व्यक्त गरेका थिए ।

 

 

राष्ट्रपति पौडेलको पुख्र्यौली थलो रिस्ती हो । राष्ट्रपति पौडेलले आजै काठमाडाँै फर्किने कार्यक्रम रहेको छ ।