News and Updates

काठमाडौं । नेपाली विद्यार्थीहरुका लागि भारतीय विश्वविद्यालयहरु संवेदनशील रहेको र उनीहरुको सुरक्षाका लागि सतर्क रहेको प्रतिनिधिले बताएका छन् ।
सन्दिप विश्वविद्यालय महाराष्ट्रले विहीबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी आठ करोड नेरु बराबरको छात्रवृत्ति घोषणासमेत गरेको हो ।
सो विद्यालयका व्यवस्थापक आरएन झाले अन्य देशका भन्दा भारतीय विश्वविद्यालयहरुमा नेपाली विद्यार्थीलाई राम्रो ब्यवहार हुने दाबी गरे ।
झाले विभिन्न समयमा भारतका अन्य क्याम्पसहरुमा नेपाली छात्राहरुमाथि भएको हत्या तथा दुव्र्यवहारप्रति खेद प्रकट गर्दै भने,‘नेपाली छात्राहरुमाथि घटनाले हामीलाई स्तब्ध तुल्याएको छ । घटनाको छानविन गरि पीडितलाई न्याय र पीडकहरुलाई कारबाहीको दायरामा ल्याउन भारत सरकारले नै छानविन गर्दै छ ।’
‘अन्य विद्यालय विशेषप्रति म कुनै टिप्पणी त गर्न चाहन्न तर सन्दिप युनिभर्सिटीमा भने विद्यार्थीरुको सुरक्षा तथा पठनपाठनका लागि विशेष व्यवस्था रहेको छ,’ झाले थपे ।
सन्दिप विश्वविद्यालय महाराष्ट्रस्थित नाशिक र विहार मधुवनी गरेर दुइ ठाउँमा रहेको र ती दुवै प्रातमा नेपाली विद्यार्थीरुका लागि ८ करोड भारु तथा नेरु करिब १३ करोड बढीको छात्रवृत्तिको व्यवस्था गरेको झाले जानकारी दिए ।
उनले आर्थिक रुपले विपन्न तथा अब्बल नेपाली विद्यर्थीहरुका लागि सो छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिए । आफ्नो विश्वविद्यालयमा पढ्न आउने विद्यार्थीहरु निर्धक्क भएर आउनु अनुरोधसमेत झाले अनुरोध गरेका छन् ।
पछिल्लो समयमा नेपाली समाजमा भरतीय विद्यालयहरुप्रति नकारत्मक धारणा बन्दै गएकाले आफूहरु नेपालमै आएर सो विषयमा प्रष्ट पार्न पत्रकार भेटघाट कार्यक्रम राखेको बताए ।
विश्वविद्यालयका अर्का प्रतिनिधि अमित यादवले नेपाल र भारतबीचको भाषा, संस्कृति र रहनसनले सदियौंदेखि असल र मित्रता रहेकोले आफूहरुको मुख्य ध्यान तथा लगाव नेपाली विद्यार्थीमा रहेको बताए ।
यादबले महारष्ट्रस्थित सन्दिप युनिभर्सिटीमा २० हजार र बिहार मधुवानीमा ५ हजार विद्यार्थीहरु अध्ययनरत रहेको र दुवै विद्यालयमा २ सयबढी नेपाली विद्यार्थी अध्ययनरत रहेकोसमेत जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया