२ भाद्र २०८३, मंगलवार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित

गण्डकी, २४ वैशाखः कास्कीको रुपा गाउँपालिकामा ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन भएपछि खानेपानी समस्या समाधान भएको छ ।

 

 

सोह्र हजार जनसङ्ख्या रहेको उक्त पालिकामा सङ्घ र प्रदेशका साथै अन्य सामाजिक सङ्घसंस्थाको सहयोगमा उक्त कार्यक्रम कार्यान्वयन भएको पालिका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिनुभयो ।

 

 

गाउँपालिकाले खानेपानीलाई व्यवस्थित र दीर्घकालीन बनाउन कार्यविधि बनाएर मुहान दर्ता प्रक्रिया अघि बढाएको छ । पालिकामा हालसम्म आठवटा मुहान दर्ता भएका उहाँले बताउनुभयो ।