१९ कार्तिक २०८२, बुधबार
अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

एकै दिन ५ हजार ३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ हजार ३ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(मंगलबार) छापावाल सुन प्रतितोला ५ हजार ३ सयले बढेर एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

यसअघि सोमबार सुन तोलाको एक लाख ८४ हजार ६०० मा कारोबार भएको थियो ।

 

 

आज चाँदी मूल्य पनि बढेको छ । सोमबार १ हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तोलामा १ हजार ९ सय ६५ रुपैया कायम भएको महासंघले जनाएको छ ।