News and Updates
6 घण्टा अघि

काठमाडौं । संघीय संसद अन्तरगत दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक बस्दैछ ।
मंगलबार प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १२ : १५ बजे बस्न लागेको संसद सचिवालयले जनाएको छ ।
बैठकमा सरकारले संसद प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रममा सोमबारदेखि छलफल सुरु भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया