२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाज

इजरायलबाट १८ जना नेपाली भारतको उद्धार विमानमार्फत फर्किंदै

३० असोज, काठमाडौं । इजरायलमा जारी द्वन्द्वका कारण घर फर्किन चाहनेमध्येका १८ जना नेपाली भारतीय उद्धार विमानमार्फत नेपाल आउने भएका छन् ।

भारतले आफ्ना नागरिकको उद्धारका लागि सुरु गरेको ‘अपरेशन अजय’ अन्तर्गतको विशेष विमानमा उनीहरू मंगलबार भारत आइपुगेका छन् ।

भारतीय विदेश मन्त्री एस जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत यस विषयमा जानकारी दिएका छन् । ‘अपरेशन अजय अगाडि बढ्दैछ । थप २८६ यात्रु भारत फर्किँदै छन्, जसमा १८ जना नेपाली नागरिक पनि रहेका छन्’, उनले लेखेका छन् ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले फर्किन चाहने १८ नेपालीलाई भारतको उद्धार विमानमा पठाएको बताइन् ।

‘हामीले १२ अक्टोबरमा नेपाल एयरलाइन्समा २५४ जना नेपाली नागरिकलाई पठाएका थियौं । बाँकी रहेका नेपालीलाई लैजानका लागि थप उडानको व्यवस्था गर्ने भनेका छौं, उनले भनिन्, ‘तुलनात्मक हिसाबले असुरक्षित स्थानमा रहेकालाई तत्काल पठाउनुपरेकाले उनीहरूलाई पठाइएको हो ।’

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व