१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

हिमालयन जाभा बास्केटबल लिगको खेलतालिका सार्वजनिक

काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा हुने हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) खेलतालिका सार्वजनिक भएको छ ।

 

यही बैशाख २० गते देखि सुरु हुने लिगको बुधबार खेलतालिका सार्वजनिक भएको छ ।

 

सार्वजनिक तालिका अनुसार लिगको उद्घाटन खेलमा शनिवार कीर्तिपुर र सामाखुशी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन शनिवारै हाउण्ड्स एकेडेमी र रोएल्सबीच पनि प्रतिस्पर्धा हुनेछ ।

 

यस्तै बैशाख २१ गते आइतबार टाइम्स बास्केटबल क्लब र गोल्डेनगेट इन्टरनेसनल कलेजबीच हुनेछ ।

 

हिमालयन जाभासँगको सहकार्यमा हुने लिगमा ६ टिमको सहभागिता रहनेछ । विकेण्डमा खेलहरु आयोजना गर्ने योजना अनुसार यो बास्केटबल लिग हुन लागेको हो ।

 

सुरुमा शनिवार र आइतबारमात्रै खेल गर्ने तयारी रहेपनि वर्षाको मौसम र लामो समय लाग्ने भएकोले थप दुई दिन मंगलबार र बुधबार पनि खेल गर्न लागिएको आयोजक नेबाका अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए ।

 

६ साता चल्ने बास्केटबल लिगमा पाँच साता लिग चरणका खेलहरु हुनेछ । हरेक साता कूल ६ खेल हुनेछ भने हरेक साता एक टिमले दुई–दुई खेल खेल्नेछन् ।

 

पहिलो साता मंगलबार हाउण्ड्स र टाइम्स तथा रोएल्स र गोल्डेनगेटबीच खेलहुनेछ भने बुधबार सामाखुशी र कीर्तिपुरबीच प्रतिस्पर्धा हुनेछ ।

 

दुई खेल हुने दिनमा पहिलो खेल दिउँसो ४ बजे र दोस्रो खेल बेलुका ७ बजे सुरु हुनेछ । यस्तै एक खेल हुने दिन साँझ ७ बजे मात्र खेल हुनेछ ।

 

लिगका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद हातमा रहेको आउटडोर कोर्टमा खेलाउने तयारी छ ।

 

प्रतियोगितामा टाइम्स क्लब, हाउण्ड्स एकेडेमी, गोल्डेनगेट इन्टरनेसनल क्लब, रोएल्स, कीर्तिपुर बास्केटबल क्लब र सामाखुशी युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

 

डबल राउण्ड रोविन प्रणालीका आधारमा हुने लिगमा ३० खेल हुनेछ । त्सपछि शीर्ष दुईमा रहने टिमबीच फाइनल खेल हुनेछ । फाइनलमा भने दुई खेल हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected